युवा बहस डट कम

सदीक्षा भइन् मिस नेपाल
काठमाडौं, भदौ १६ – १७ जना प्रतियोगीलाई पछि पार्दै सदीक्षा श्रेष्ठ मिस २०१० नेपालको उपाधि हात पार्न सफल भएकी छन्। उपाधिसँगै उनले ५० हजार नगद र चेरी कार हात पारिन्। भाउ म्यागेजिनको ‘टप टेन कलेज उमन’मा छानाइसकेकी सदीक्षा ‘मिस ब्युटीफुल लेडी २००५’ की सहभागी थिइन्। टेलिभिजन विज्ञापनमा मोडलिङ गरिसकेकी सदीक्षा बास्केटबल र घुमघाम मन पराउँछिन्। फस्ट रनर अप साहरा बज्राचार्य भइन्। सेकेन्ड रनर अपको उपाधि संयुक्ता तिमल्सिना जितिन्। फस्ट रनर अप साहाराले ३५ हजार र महिन्द्रा रोडियो स्कुटर हात पारिन्। सेकेन्ड रनर अप संयुक्ताले २५ हजार नगद पाइन्। प्रतियोगिताको फाइनल राउन्डमा विभिन्न जिल्लाका १८ युवतीबीच प्रतिस्पर्धा गराइएको थियो। प्रतियोगितामा देशका विभिन्न जिल्लाहरूबाट सहभागिताका लागि ८० जनाले नाम दर्ता गराएका थिए। नाम दर्ता गराएका युवतीबाट ५० जना छानिएको थियो। त्यसपछि त्यो संख्यालाई २४ मा छाटिएको थियो र तालिमको दोस्रो हप्तामा १८ जनालाई अन्तिम प्रतिस्पर्धाका लागि योग्य घोषणा गरिएको थियो।

मतदाता नामावली डिजिटल प्रविधि प्रयोग गरिने
२९ भदौदेखि नामावली संकलन—

चितवन, भदौ १६- मतदाता नामावलीलाई त्रुटिरहित तवरले सङ्कलन गर्न निर्वाचन आयोगले डिजिटल डाटा क्याप्चर प्रविधि (विविभिआरएस) अपनाउने भएको छ। मतदाता नामावली सङ्कलनमा हुने त्रुटि र मतदानका बेला नामावलीकै कारण आइपर्ने समस्या निराकरण गर्न आयोगले यस्तो प्रविधि अपनाउन लागेको हो। मतदाता नामावली सङ्कलनका लागि वडा सचिव, दर्तास्थल संयोजक र कम्प्युटर अपरेटरलाई दिइने दुईदिने तालिमको आज भरतपुरमा उद्‌घाटन गर्दे आयोगका सहसचिव राजेन्द्रप्रसाद शर्माले सो प्रविधिमा गइसकेपछि मतदाताको नाम दोहोरिने, ठेगाना गल्ती हुनेलगायतका समस्या हट्ने विश्वास व्यक्त गरे। फोटो, औँलाछाप र व्यक्तिगत विवरण डिजिटल प्रविधिमा राखिने भएकाले यो प्रविधि अपानाएपछि धेरै समस्या हल हुने उनको दाबी थियो। देशभरि नै तीन चरणमा गर्न लागिएको मतदाता नामावली सङ्कलनका लागि पहिलोपटक आजदेखि चितवनमा तालिम सुरु गरिएको हो। मतदाता नामावली सङ्कलन कार्य पहिलोचरणमा देशका ५८ नगरपालिकामा, दोस्रो चरणमा तराई र पहाडका ५६ जिल्लाका गाविसमा र तेस्रो चरणमा हिमाली भेगका १९ जिल्लामा सञ्चालन गरिने आयोगले जनाएको छ। चितवनबाट सुरु गरिने यस कार्यक्रमका लागि पहिलो चरणअर्न्तगत चितवनका दुई नगरपालिकामा ६५ वटा दर्तास्थल केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकृत बद्रीनाथ गैरेले जानकारी दिए। कार्यक्रमअर्न्तगत भदौ १६ गतेदेखि विभिन्न तालिम सञ्चालन गरिने र भदौ २८ गतेदेखि घरदैलो कार्यक्रम गरी मतदाता नामावली सङ्कलन गरिने छ।

उपसेनानीको कुटाइबाट अमल्दार धनराज कार्कीको मृत्यु
काठमाडौं, भदौ १६- नेपाली सेनाका उपसेनानी टिकाराम चौलगाइँको कुटाइबाट सैनिक अमल्दार धनराज कार्कीको मृत्यु भएको छ। कोटेश्वरस्थित चलगाइँकै घरमा डेरा गरी बस्दै आएका कार्कीबीच सोमबार साँझ झगडा भएको थियो। कुटाइबाट घाइते भएका कार्कीको सैनिक अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको हो। कार्की उपसेनानी चौलगाइँको कोटेश्वरस्थित घरमा डेरागरी बस्दै आएका थिए। सोमबार साँझ दुवैबीच झगडा हुँदा गम्भीर घाइते भएपछि कार्कीलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई सैनिक अस्पताल लगिएको थियो। घाइते कार्कीको मृत्यु भएपछि कोटेश्वर प्रहरीले उपसेनानी चौलगाइँलाई पक्राउ गरी सैनिक प्रहरीलाई बुझाएको छ।

सीमा सुरक्षा बैठक सम्पन्न / नेपाल भारतबीच आठ सूत्रीय सम्झौता
जनकपुर – दुई महिनापछि भारतको विहार राज्यमा हुने विधानसभा निर्वाचनको तयारीमा रहेको भारतीय प्रशासक तथा मधुवनी जिल्लासंग सीमा जोडिएका नेपालका चार जिल्लाका प्रशासकबीच दुइ देशको सीमा सुरक्षाका विषयमा शुक्रवार जयनगरमा छलफल भएको छ । बैठकमा खुल्ला सीमानाको कारणले दुबै देशमा हुने अपराध,नक्कली भारतीय रुपैया नियन्त्रण, सीमा स्तम्भहरुको व्यवस्थापन, भारतीय भूमिबाट नेपालमा सशस्त्र संघर्ष गरी रहेका समूहहरुमाथि नियन्त्रण तथा भारतीय सीमा सुरक्षा वल-एसएसबी) को ज्यादती लगायतका विषयमा समझौता भएको धनुषाका प्रमुख जिल्ला अधिकारी डा.कमलेश्वर सिंहाले बताए । सीमा सुरक्षा बैठकमा भारत मधुवनी जिल्लाका सहायक जिल्ला प्रमुख-डिपुटी डिस्ट्रक मजिस्ट्रेट) ओमप्रकाश रायको नेतृ्त्वमा भारतीय प्रशासकहरु सहभागी थिए, भन्ने सिरहाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवको नेतृत्वमा धनुषाका प्रजिअ डा.कमलेश्वर सिन्हा, महोत्तरीका प्रजिअ रामृष्ण सुवेदी तथा सप्तरीका प्रजिअ रामप्रसाद घिमिरे सहित चारै जिल्लाका प्रहरी उपरीक्षक तथा अनुसंधान विभागका जिल्ला प्रमुखहरु सहभागी थिए । प्रजिअ डा.सिंहाले दिएको जानकारी अनुसार-नेपाली पक्षले भारतको सीमा सुरक्षा वलले नेपाली नागरिकमाथि गर्ने गरेको दुव्र्यवहारको विषयमा कडा आपत्ती जनाएका थिए । प्रतिउत्तरमा भारतीय पक्षले एसएसवीलाई तत्कालै निर्देशन दिने वाचा गरेका थिए । यसै गरी नेपाली पक्षले भारतको भूमि प्रयोग गरी सशस्त्र संघर्ष चलाई रहेका नेपाली सशस्त्र समूहका नेताहरुको नाम र भारतमा बसोवार गर्ने ठेगानाको लिस्ट उपलब्ध गराएको बताईएको छ । यसै गरी नेपालमा हतिहार आपूर्ति गर्ने भारतीय तस्करहरुको नामावली समेत भारतीय पक्षलाई बुझाईएको थियो । भारतीय पक्षले यी विषयहरुलाई गंभीरतापूर्वक नियन्त्रण गर्ने तथा पक्राउ गरी तत्काल नेपाललाई हस्तान्तरण गर्ने लिखित प्रतिवद्धता व्यक्त गरेका थिए । खुला सीमानाको दुरुपयोग गरी दुबै देशमा भई रहेको आपराधिक घटना,हात हतियार ,लागू औषधी तथा गैर कानुनी मानव तस्करीलाई नियन्त्रण गर्न दुबै पक्षले हस्ताक्षर गरेका छन् । भारतीय पक्षले नेपालको भूमि मार्फत भैरहेको नक्कली भारतीय रुपियाको ओसार पसार बन्द गर्न तथा अगामी अक्टुवर नोभेम्बरमा विहारमा हुने विधान सभाको निर्वाचनको क्रममा सीमा सील गर्न तथा निर्वाचनलाई प्रभावित गर्न सक्ने नेपाली अपराधीहरुलाई नियन्त्रण गर्नु पर्ने प्रस्ताव राखेका थिए । यसै गरी दश गज्जामा दुबै देशका नागरिकले घर बनाएको ,खेती गरेको,सीमा स्तम्भ हराएको,क्षतिग्रस्त भएको विषयमा दुई देशका प्राविधिकहरु मार्फत समस्या समाधान गर्ने सहमति पनि भएको थियो ।

प्रहरी भर्नामा सिफारिसले सास्ती
काठमाडौ – नेपाल प्रहरीको क्षेत्रीय तालिम केन्द्रका प्रमुख (कमान्डेन्ड) हरूले निजी मोबाइल र कार्यालयको फोन उठाउन छाडेका छन् । भर्नाका लागि परीक्षा सुरु हुनुअगावै प्रभावशाली व्यक्तिहरूले परीक्षामा पास गराइदिन सूची टिपाउन थालेपछि फोन उठाउन छाडेको उनीहरू बताउँछन् । नेपाल प्रहरीको पाँचवटा तालिम केन्द्रमा खटिएका एसपी दर्जाका अधिकृतलाई तालिम केन्द्रको कमान्डेन्ड भनिन्छ । पश्चिम क्षेत्र तालिम केन्द्रका कमान्डेन्ड ठूले राईले लगातार बजिरहने फोनकै कारण काम गर्न असुविधा भएपछि आफू र मातहतका सबैलाई कार्यालय हातामा मोबाइल फोन उठाउन प्रतिबन्ध लगाएका छन् । एसपीको आदेशपछि अधिकांश प्रहरी कर्मचारीले मुख्य गेट प्रवेश गर्नुअघि मोबाइल बन्द गर्ने गरेका छन् । पाँचै क्षेत्रका कमान्डेन्डले सल्लाह गरेझैं फोन उठाउन छाडेपछि राजधानीबाट मात्रै ३० भन्दा बढी समकक्षी र चिनजान भएका अधिकृत आफ्ना मान्छे भर्नाका लागि कमान्डेन्डलाई प्रत्यक्ष भेट्नै तालिम केन्द्र गएका छन् । एसपीभन्दा माथिका प्रभावशाली अधिकांश उच्च अधिकृतले भने आफ्नो सूची क्षेत्रीय प्रहरी प्रमुख (डीआईजी) लाई टिपाउने गरेका छन् । कमान्डेन्डहरूका अनुसार सूची टिपाउनेमा अधिकांश राजनीतिक दलका प्रभावशाली व्यक्ति, पूर्वमन्त्री, मन्त्री, सचिव, उच्च अधिकृतलगायत छन् । ‘ओहो, भर्नाका लागि त कुरै नगर्नुस्, उनीहरूले मात्रै हैन हामीले फोन नउठाउने अवस्था आएको छ, उनीहरूलाई कस्तो दबाब परेका होला,’ प्रधान कार्यालयका एक एआईजीले भने, ‘आधा घन्टा मेरो कार्यकक्षमा बस्नुस्, भर्नाका लागि कति फोन आउँछन् तपाई पनि थाहा पाउनुहुन्छ ।’ भर्ना र बढुवाका लागि प्रहरी सेवा आयोग नहुँदा यो सास्ती भोग्नुपरेको प्रहरी अधिकारीहरू बताउँछन् । ‘समस्यासँग भागेर हुन्छ ?, फोन त उठाउनुपर्‍यो नि,’ प्रधान कार्यालयकै अर्का एक एआईजीले भने, ‘म आइतबारै यो समस्या हटाउन लिखित रूपमै आन्तरिक परिपत्र गर्ने तयारीमा छु । नेपाल प्रहरीले हालै मागेको ३ हजार ८ सय जवान पदका लागि ५१ हजार ५ सय ५५ आवेदन परेको छ । त्यस्तै २ सय २३ परिचर पदका लागि ३ हजार चार सय ७७ आवेदन परेको छ । जवानमा भरतपुर तालिम केन्द्र र परिचरका लागि दिपायलमा बढी आवेदन परेको छ । प्रधान कार्यालयले आवेदन परेको आधारमा क्षेत्रीय तालिम केन्द्रहरूलाई दुवै पदको स्वीकृत दरबन्दी दामासाहीले बाँडेको छ । जसअनुसार विराटनगरमा ७ सय ५०, भरतपुरमा ११ सय, बुटवलमा ६ सय ५०, नेपालगन्जमा ७ सय र दिपायलमा ६ सय दरबन्दी भनार्का लागि दिइएको छ । प्रधान कार्यालयस्थित मानवस्रोत विभागका अनुसार भरतपुरमा १३ हजार २ सय ५ जनाले आवेदन दिएका छन् । मध्यपश्चिमको नेपालगन्जमा ११ हजार ८ सय ४९, पूर्वाञ्चलको विराटनगरमा १० हजार ३ सय ५८, पश्चिमाञ्चलको बुटवल तालिम केन्द्रमा ९ हजार ८ सय ४० र सुदूरपश्चिमको दिपायलमा ६ हजार ३ सय तीन आवेदन परेको छ । परिचर पदका लागि भरतपुरमा ८ सय ५०, दिपायलमा ७ सय ५४, विराटनगरमा ६ सय ८७, नेपालगन्जमा ६ सय २८, बुटवलमा ५ सय ५८ को आवेदन परेको छ । प्रधान कार्यालयले तालिम केन्द्रलाई दिएको निर्देशनअनुसार परिचरको परीक्षा भदौ १३ मा सुरु भई १७ गते अन्तिम सूची प्रकाशित गरिन्छ । जवानको भदौ १८ गतेदेखि परीक्षा सुरु भई असोज १७ गते अन्तिम सूची निकालिन्छ । ‘परीक्षा सुरु हुनुअघि टिपाएको नम्बरै भर्ना गरिने संख्याको तीन दोब्बरभन्दा बढी भइसके छ,’ प्रधान कार्यालयस्थित मानव स्रोत विभागबाट पाँचै क्षेत्रको भर्ना प्रक्रियाबारे अनुगमन गरिरहेको एक नायब महानिरीक्षकले कान्तिपुरलाई भने, ‘यस्तो भएपछि कमान्डेन्डहरूले कसरी काम गर्छन् ।’ ठूलो संख्यामा युवाहरूले जागिर पाउन प्रयास गरेकाले यो परीक्षा निष्पक्ष र धाँधलीरहित बनाउन हामी चिन्तित छौं,’ प्रहरी प्रवक्ता विज्ञानराज शर्माले भने, ‘त्यसका लागि भोलि (आइतबार) देखि नै परिचालन हुने गरी अधिकृतको कमान्डमा अनुगमन टोली र अनौपचारिक रूपमा निगरानी गर्न सादा पोसाकका प्रहरी परिचालन गर्दैछौं ।

पाँच सय रुपैयाँको नक्कली नोट बजारमा
इनरुवा – नक्कली रुपैयाँको चर्चा चलिरहेको बेला राष्ट्र बैंकले जारी गरेको पाँचसय दरको नेपाली रुपैयाँ जस्तै देखिने एउटा नक्कली नोट शनिबार बिहान सुनसरीको इटहरीमा फेला परेको छ । बजारमा भारतीय नक्कली नोट छयापछयाप्ती भेटिने गरेको र पाँचसय दरको भारतीय नोटको कारोबार गर्न व्यापारी डराउने गरेको भए पनि खुल्लमखुल्ला नेपाली नोटको पाँचसय रुपैयाँलाई हुबहु बनाएर ठगी गर्ने गिरोह पूर्वी नेपालमा सक्रिय हुन थालेको प्रहरीको अनुमान छ । शनिबार बिहान फेला परेको सो पाँचसयको नोटको कागज केही मोटो र खस्रो छ । सो नोटको दुबै तर्फअगाडिको भागमा ख १७ को मुनि ११२१२४ नम्बर लेखिएको छ । अग्रभागको पछाडिको खाली ठाउँमा सेतो पृष्ठभूमिमा रातो लालिगुराँस लत्पलिएको छ । तर सक्कलीमा भने लालिगुराँसको पानी छाप मात्रै अङ्कित हुन्छ । पानीछाप भएको ठाउँमा सो नोटमा दुई वटा रातो शून्य अङ्क प्रष्ट देखिन्छ तर सक्कलीमा यस्तो हुँदैन । गएराति एकजना ग्राहकले स्थानीय किराना पसलमा सामान किन्दा दिएको सो नोट अँध्यारोमा चिन्न नसक्दा किरानाका सञ्चालक ठगिएको बुझिएको छ । नक्कली नोटमा स्टिच गरिएको दुईवटा प्वाल पनि भेटिनुले यस्तो नोटको ठूलै बिटोको प्रयोगमा ल्याइएको हुनसक्ने आशङ्का गरिएको छ ।

बर्सेनि घरबास सार्दै
श्रीलंका टापु (सुनसरी) – जलालघाटका राजेन्द्र उराव बर्सेनि घर सार्दै आएका छन् । घरबासको चटारोले ३ वर्षअघि छोरीको विहे गर्ने सोच बनाए पनि उनले सकेका छैनन् । कोसी नदीको कटानले उनको घर बगाउँदै आएको छ । यसवर्ष पनि उनले एउटी छोरीको बिहे गर्ने तारतम्य मिलाएका थिए । ‘मंसिरमा जेठी छोरीको बिहे गर्ने निधो गरेका थियौं,’ राजेन्द्रले भने, ‘तर के गर्ने ? भएको घर पनि कोसीले बगाइसक्यो ।’ पाँच दिनयता कोसीमा आएको बाढीले राजेन्द्रसँगै भागवत, चन्द्र, श्रीप्रसाद, टुप्पा र चिलियाका कारु चौधरीको घर बगाइसकेको छ । ‘घरसँगै मकै लगाएको खेत पनि बगायो,’ राजेन्द्र भन्छन्, ‘मकैको उब्जनीबाट आएको रकमले छोरीको बिहे गर्ने सपना थियो, त्यो यो वर्ष पूरा हुन सकेन । जलालघाटका सय बिघाभन्दा बढी खेतीयोग्य जमिन कोसीले कटान गरिसकेको छ । स्थानीय कारु चौधरीको पीडा पनि कम छैन । भएका दुइटा घरसहित बाली लगाएको सबै खेत कोसीले खाएपछि छिमेकीको घरमा शरण लिएर बसेका छन् । ‘अब बगर हेर्नु शिवाय केही भएन,’ उनी भन्छन् । उनको परिवारमा ७ सदस्य छन् । श्रीलंका टापुकै सिसौली घाटमा पसल गर्दै आएकी संजा माझीको छोरीसित भेट नभएको वषरैं बित्यो । माध्यमिक तह पढ्न उदयपुरमा रहेकी छोरीलाई पटकपटक भेट्न जाने उनको इच्छा कोसीको बाढीले पूरा हुन दिएन । गाउँमा विद्यालय छैन, यहाँबाट सधैँ जान आउन समस्या छ, त्यही भएर छोरीलाई डेरामा राखेर पढाएकी छु,’ उनले भनिन्, ‘छोरीलाई पढाउन राखेको त परदेशै पठाएजस्तो भयो । चारैतिरबाट कोसीले घेरिएको सुनसरीको श्रीलंका टापुका करिब १२ हजार परिवारका पीडा उस्तै छ । ऐलानीमा बसोवास गरिरहेका उनीहरूलाई प्रत्येक वर्ष घर सार्नुपर्ने बाध्यता रहेको महेन्द्रनगर गाविसका बुद्धिमान माझीले बताए । यहाँ सुनसरीको महेन्द्रनगर र प्रकाशपुरको ३ वडावासी २५ वर्षदेखि बसोबास गर्दै आएका छन् । पछिल्लो समय सुनसरीको अरू गाविस, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, सिराहा, झापा, मोरङलगायत विभिन्न ठाउँमा घर बनाएर बस्दै आएका छन् । ०२२ सम्म सप्तकोसी नदी उदयपुरको बेलकाबाट बग्दा उनीहरू अहिले रहेको टापुभन्दा पूर्व क्षेत्रमा बस्थे । त्यसपछि ०३८ देखि ०४२ सम्म भएको कटानले नम्बरी घरखेत बगाएपछि पुरानो बासस्थानभन्दा पश्चिम ऐलानी जग्गा टापुमा बस्दैआएको गंगा घिमिरेले बताए । सबैजसो परिवारले गाई पालेका छन् । वर्षा सुरु भएपछि भने उनीहरूले दूध बेच्न पाएका छैनन् । गाईपालन र मकै खेती यहाँको मुख्य पेसा हो । तर कोसीले मकै खेती बगाइसकेको र गाईको दूध पनि बजार पुर्‍याउन नसकेकाले भोकमरी लाग्ने स्थिति रहेको उनीहरू बताउँछन् । स्थानीय राजेन्द्र उरावले राज्यको उपस्थिति नभएको मात्र होइन, दलका नेतासमेत कोही नआएको बताए ।

नेपालीलाई अमेरिकामै खतरा !
गैरकानुनी रूपमा अमेरिकामा बसोबास गरिरहेका अधिकांश नेपाली बाध्यताका कारण ज्यान जोखिममा राखेरै भए पनि असुरक्षित स्थानमा काम गरिरहेका छन् खाद्यान्न स्टोर चलाउँदै आएका काठमाडौँ साँखुका ४० वषरीय सुरेन्द्र डंगोलको लुटेरा समूहबाट गोली हानी हत्या  खाद्यान्न स्टोरमा काम गरिरहेकै वेला आक्रमणकारीको छुरा प्रहारबाट जसबहादुर राई सख्त घाइते, उपचारका क्रममा अस्पतालमा मृत्यु  खाद्यान्न स्टोर चलाउने रवीन्द्र शर्मामाथि गोली प्रहार, उपचारका क्रममा मृत्यु

हत्याका समाचार सुन्दा-सुन्दा अभ्यस्त भइसकेका नेपालीलाई यस्ता समाचारका शीर्षक नयाँ नलाग्न सक्छ । दिनप्रतिदिन असुरक्षित बन्दै गएको नेपालमा गोली प्रहार र हत्याका समाचार नआएको सायद कुनै दिन नै हुदैन । तर, यी समाचारका शीर्षक नेपालमा भएका हत्याका घटना होइनन्, नागरिक सुरक्षाका लागि उच्च सतर्कता अपनाइने भनिएको संयुक्त राज्य अमेरिकामा भएका घटना हुन् । नेपालमा असुरक्षा र राजनीतिक अस्थिरता कारण नेपाली बिदेसिने क्रम पनि बढ्दो छ । तर, विदेशिएका नेपालीहरूले अमेरिकामा समेत आफूलाई सुरक्षित महसुस गर्न सकेका छैनन् । माथि उल्लिखित हत्या घटना वर्ष दिनको अवधिमा अमेरिकाका विभिन्न राज्यमा भएका प्रतिनिधि घटना मात्र हुन् । योबाहेक अमेरिका छिरेर गैरकानुनी रूपमा बसोबास गर्ने नेपाली कहाँ कति मारिएका छन् भन्ने लेखाजोखा अमेरिकास्थित नेपाली दूतावाससँग छैन ।

‘हामीले अमेरिकामा मारिएका नेपालीबारे रेकर्ड राख्न थालेको लामो समय भएको छैन, त्यसैले कहाँ कति नेपाली मारिए भन्नेबारेमा पूर्ण विवरण दूतावाससँग पनि छैन,’ नेपालका लागि अमेरिकी राजदूत शंकर शर्माले भने । अमेरिकामा मारिएका नेपालीबारे विवरण राख्न थालेको दुई वर्ष पनि नभएको शर्माले जानकारी दिए । त्यसैले अमेरिकी दूतावाससँग मारिने नेपालीबारेमा पर्याप्त विवरणसमेत छैन । निकट भविष्यमै सम्पूर्ण विवरण चुस्त-दुरुस्त राख्ने व्यवस्था मिलाइने राजदूत शर्माको भनाइ छ । तर, अमेरिकामा हजारौँ नेपाली गैरकानुनी रूपमा बस्दै आएकाले दूतावासलाई समेत विवरण संकलन गर्न मुस्किल परिरहेको छ ।

अमेरिकामा लुटेराबाट मारिने अधिकांश नेपाली खाद्यान्न स्टोरमा काम गर्ने गर्छन् । सन् २००९ को डिसेम्बर २६ मा अमेरिकाको बोस्टनमा मारिएका सुरेन्द्र डंगोललाई लुटेराले खाद्यान्न स्टोरभित्रै गोली हानेका थिए । गोली प्रहारपछि खाद्यान्न स्टोरबाट नगद लुटिएको थियो । एक पाकिस्तानी नागरिकसँग मिलेर स्टोर चलाउन सुरु गरेको केही हप्तामै उनी मारिएका थिए । त्यस्तै, सन् २००९ को जनवरी ६ मा अमेरिकाको टेक्सासमा सशस्त्र लुटेराबाट मारिएका जसबहादुर राई पनि खाद्यान्न स्टोरमै काम गर्दै आएका थिए । एकाबिहानै चक्कुसहित स्टोर छिरेका लुटेराले पैसा लुट्नुसाथै राईको हत्या गरेको थियो । पटक-पटक छुरा रोपेपछि लुटेरा भागेको थियो । सख्त घाइते राईको जोन पिटर अस्पतालमा उपचारक्रममा मृत्यु भएको थियो । घाइते राईले आक्रमणकारी भागेलगत्तै आफैँ प्रहरीलाई फोन गरेका थिए । श्रीमती र दुई बच्चा अमेरिका झिकाएको तीन महिनापछि नै राईको हत्या भएको थियो । छोरालाई कलेज भर्ना गरी स्टोर पुग्नसाथ राईमाथि छुरा प्रहार भएको थियो ।

सन् २००९ को सेप्टेम्बर ३० मा अमेरिकाको दक्षिण क्यारोलिनमा मारिएका रवीन्द्र शर्माको पनि खाद्यान्न स्टोरमै थिए । ४० वर्षका शर्माले कृष्ण कँडेलसँग मिलेर खाद्यान्न स्टोर चलाउँदै आएका थिए । राति साढे १० बजे स्टोरमा काम गरिरहेको वेला हतियारसहित अचानक छिरेको लुटेराले शर्मासहित एक मेक्सिकन कामदारको पनि हत्या गरेको थियो । स्टोर चलाउन थालेको तीन महिनामै शर्मा मारिएका थिए । शर्माको मृत्युपछि साझेदारीमा स्टोर चलाउने कँडेल कैयन दिनसम्म काममा जानै सकेनन् ।

अमेरिकामा बसाइँ-सराइ गरी खाद्यान्न स्टोरमा काम गर्ने मात्र होइनन्, विद्यार्थी पनि मारिएका छन् । अधिकांश समय कलेज जाने र बाँकी समयमा काम गर्ने विद्यार्थी पनि लुटेराको सिकार भएका छन् । सन् २००८ को अक्टोबर ९ मा टेक्सासमा मारिएका नेपाली अशोक भट्टराई कलेजका विद्यार्थी थिए । उनले पनि खाद्यान्न स्टोरमै पार्टटाइम काम गर्दै आएका थिए । हस्टन कम्युनिटी कलेजमा अध्ययनरत भट्टराई नगद रजिस्ट्रारमा काम गरिरहेकै वेला १७ वर्षको रेमन्ड रिचरको गोली प्रहारबाट मारिएका थिए । ५ फिट १० इन्च अग्लो काला जातिको रिचरले स्टोरमा काम गरिरहेका उनीमाथि राइफल झिकेर गोली हानेपछि झन्डै पाँच हजार डलर नगद लुटेको थियो ।

बोस्टन होस् वा टेक्सास । कहीँ कुनै पनि वेला नेपाली लुटेराको सिकार हुन सक्छन् अमेरिकामा । तर, नेपाली मारिने क्रम सबैभन्दा बढी टेक्सासमा छ । सन् २००४ को नोभेम्बर १ मा मारिएका केशव श्रेष्ठ पनि टेक्सासमै बसोबास गर्दै आएका थिए । उनी टेक्सासको इर्भिङमा बन्दुकधारी लुटेराबाट मारिएका थिए । त्यसलगत्तै सन् २००५ को डिसेम्बर २० मा बन्दुकधारी लुटेराले शेखर रेग्मीको पनि टेक्सासकै बेलपार्क फिनामार्टमा हत्या गरेको थियो । सन् २००७ को ११ जुनमा गौरव राजवंशी पनि टेक्सासमै मारिए । टेक्सास बेडफोर्डको डि एन्ड एस फुड स्टोरमा काम गर्ने राजवंशीलाई बन्दुकधारी लुटेराले हत्या गरी स्टोरबाट नगद लुटेको थियो । सन् २००६ को अपि्रल १० मा प्रकाश कोइरालाको हत्या पनि टेक्सासमै भएको हो । लुटेराले कोइरालाको साथबाट नगद लुटेपछि आगो लगाएर मारेका थिए । सन् २००८ मा नै अर्का चौधरी थरका एक नेपालीको टेक्सासमा हत्या भएको थियो ।

हत्या विवरण हेर्दा नेपालीका लागि टेक्सास सबैभन्दा असुरक्षित रहेको पुष्टि भएको छ । तर, नेपाली जर्जिया र बाल्टिमोरमा मारिएका उदाहरण पनि छन् । सन् २००७ को २८ अगस्टमा बाल्टिमोरमा हिमांक कार्कीको गोली हानी हत्या भएको थियो भने सन् २००८ को अगस्ट २८ मा जर्जियामा विनोद श्रेष्ठको पनि गोली हानी हत्या भएको थियो ।

एकातिर अमेरिकामा नेपाली मारिने क्रम रोकिएको छैन भने अर्कातर्फ नेपालीका हत्यारामाथि कारबाही हुन सकेको छैन । कैयन हत्यारालाई प्रहरीले पक्राउ नै गर्न सकेको छैन भने कैयन हत्यारा पक्राउ परे पनि कारबाहीको भागिदार हुन सकेका छैनन् । अशोक भट्टराईको हत्यारा रेमन्ड रिचर कम उमेरको रहेको भन्दै हालै मात्र कारबाहीको दायराबाट उम्किएको छ । हत्यारा प्रायः अमेरिकी नागरिक नै भए पनि उनीहरूलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन अमेरिकी प्रहरी सफल छैनन् ।

नेपालीको हत्यामा संलग्न व्यक्ति प्रायः काला जाति अमेरिकी नागरिक रहेका छन् । अमेरिकामा धेरै काला जातिका नागरिक अपराधमा संलग्न रहेकाले अमेरिकामा बसोबास गर्ने नेपाली काला जातिदेखि डराउने अवस्था समेत सृजना भएको छ । न्युयोर्कको लङ आइल्यान्डमा खाद्यान्न स्टोरमा काम गर्ने कास्कीका सरोज अधिकारी भन्छन्, ‘राति काला जातिका कोही देखिनासाथ हतियार बोकेको छ कि भनेर डराउनुपर्ने अवस्था छ ।’

अमेरिकामा रहेका नेपालीले असुरक्षित ठाउँमा समेत काम गर्नुपर्ने बाध्यताले उनीहरू हत्या सिकार हुने गरेका छन् । अमेरिकामा कामदारका रूपमा रहेका नेपालीमध्ये अधिकांशले रेष्टुरेन्ट, खाद्यान्न स्टोर र ग्यास स्टेसनमा काम गर्दै आएका छन् । रेष्टुरेन्टमा काम गर्ने नेपालीको तुलनामा खाद्यान्न स्टोर र ग्यास स्टेसनमा काम गर्ने नेपाली सबैभन्दा बढी असुरक्षित हुने गरेका छन् । खाद्यान्न स्टोर र ग्यास स्टेसनमा नेपालीले क्लर्कका रूपमा काम गर्ने भएकाले लुटेराको निशानामा नेपाली पर्ने गरेका हुन् । व्यस्त सहरदेखि टाढा रहेका ग्यास स्टेसनबाट नगद लुट्नका लागि लुटेरालाई सहज हुने भएकाले अधिकांश लुटपाटका घटना ग्यास स्टेसनमा हुने गरेका छन् । अर्कातर्फ यस्ता असुरक्षित स्टोर र ग्यास स्टेसनमा दक्षिण एसियाका कामदार बढी रहेका छन् । त्यसमा पनि नेपाली र भारतीय बढी रहेका छन् । गैरकानुनी रूपमा अमेरिकामा बसोबास गरिरहेका अधिकांश नेपालीले बाध्यताका कारण ज्यान जोखिममा राखेरै भए पनि असुरक्षित स्थानमा सस्तोमा काम गरिरहेका छन् । पर्यटक भिसामा अमेरिका छिरी तीन महिनादेखि बाल्टिमोरमा काम गर्दै आएका प्युठानका राजीव जिसी भन्छन्, ‘मासिक दुई हजार डलरका लागि राति ग्यास स्टेसनमा काम गरिरहेको छु, कहिले मरिने हो, ठेगान छैन ।’

हत्याका समाचार सुन्दा-सुन्दा अभ्यस्त भइसकेका नेपालीलाई यस्ता समाचारका शीर्षक नयाँ नलाग्न सक्छ । दिनप्रतिदिन असुरक्षित बन्दै गएको नेपालमा गोली प्रहार र हत्याका समाचार नआएको सायद कुनै दिन नै हँुदैन । तर, यी समाचारका शीर्षक नेपालमा भएका हत्याका घटना होइनन्, नागरिक सुरक्षाका लागि उच्च सतर्कता अपनाइने भनिएको संयुक्त राज्य अमेरिकामा भएका घटना हुन् । नेपालमा असुरक्षा र राजनीतिक अस्थिरता कारण नेपाली बिदेसिने क्रम पनि बढ्दो छ । तर, विदेशिएका नेपालीहरूले अमेरिकामा समेत आफूलाई सुरक्षित महसुस गर्न सकेका छैनन् । माथि उल्लिखित हत्या घटना वर्ष दिनको अवधिमा अमेरिकाका विभिन्न राज्यमा भएका प्रतिनिधि घटना मात्र हुन् । योबाहेक अमेरिका छिरेर गैरकानुनी रूपमा बसोबास गर्ने नेपाली कहाँ कति मारिएका छन् भन्ने लेखाजोखा अमेरिकास्थित नेपाली दूतावाससँग छैन ।

लेउ, लेदो र कीरा बेच्न भारतीय दूतावासको दबाब
काठमाडौं, १० जेठ : अनामनगरको मोहन कोल्ड स्टोर्समा राजु अधिकारीले किनेको रियल जुसमा लेदो, लेदोसहित खाद्य अनुसन्धानमा उजुरी दर्ता

पोखरा, २३ जेठ : बुलौदीस्थित पसले अनिता भण्डारीले छोरालाई दिएको रियलमा लेदो र कीरा, केही दिनपछि रहस्यमय रुपमा अनिताको पसल बन्द

कपिलवस्तु, १६ साउन : चन्द्रौटास्थित बद्रीनाथ गेस्टहाउसमा किनिएको रियल जुसमा स्याउँस्याउँती कीरा, स्थानीय सर्वसाधारणद्वारा चन्द्रौटा बजार रियल निषेधित क्षेत्र घोषित

पोखरा, २६ साउन : बैदामस्थित बराल स्टोर्समा शिव परियारले छोरीका लागि किनेको रियलमा लेउ, बालिकाले घााटी दुख्यो भन्दै बान्ता गरिन्, प्राथमिक उपचारपछि निको भयो

काठमाडौं : डाबर नेपालले उत्पादन गर्ने महमा पानीमा नघुल्ने पदार्थ अत्यधिक मात्रामा राखिएको भन्दै खाद्य अनुसन्धान तथा प्रविधि विभागद्वारा जिल्ला प्रशासन कार्यालयमा दायर गरिएको मुद्दा विचाराधीन

काठमाडौं, ११ भदौ : भारतीय लगानीका कम्पनीद्वारा उत्पादित खाद्य वस्तुहरु विश्वभरि नै उत्कृष्ट रहेको दाबी गर्दै तिनका बारेमा समाचार लेख्ने नेपाली मिडियालाई कारबाही गर्न भारतीय दूतावासद्वारा नेपाल सरकारलाई सार्वजनिक दबाब

काठमाडौं, ११ भदौ : भारतीय कम्पनीलाई जुसका नाममा लेउ, लेदो र कीरा बेच्न दिन भारतीय दूतावासले नेपाल सरकारलाई दबाब दिएको छ । रियल जुसका नाममा भारतीय बहुराष्ट्रिय कम्पनी डाबरले लेउ, लेदो र कीरा बेचिरहेको समाचार नेपाली सञ्चारमाध्यममा लगातार प्रकाशन तथा प्रसारण भइरहेको छ ।

तर, भारतीय दूतावासले शुक्रबार जारी गरेका विज्ञप्तिअनुसार केही छापा तथा टेलिभिजन सञ्चारमाध्यममा भारतीय संयुक्त लगानीमा नेपालमा सञ्चालित उद्योगहरूद्वारा उत्पादित वस्तुहरूविरुद्धमा प्रकाशित/प्रसारित समाचारप्रति राजदूतावासको ध्यानाकर्षण भएको छ । ‘विगतमा लगाइएका यसप्रकारका आरोप निराधार र कपोलकल्पित रहेको कुरा नेपाल सरकारका निकायहरूद्वारा गरिएको सूक्ष्म अनुसन्धानबाट प्रस्ट भइसकेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

भारतीय लगानीको डाबर नेपालद्वारा उत्पादित डाबर हनीमा अखाद्य वस्तु अनावश्यकरूपमा मिसाइएको भन्दै नेपाल खाद्य तथा गुणस्तर प्रविधि विभागले जिल्ला प्रशासन कार्यालयमा मुद्दा हालेको छ । उपभोक्ता ठगिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा मुद्दा जारी रहेको वेला नेपाल सरकारको कुन छुट्टै निकायले ‘सूक्ष्म अध्ययन गरी मह शुद्ध छ’ भन्ने प्रस्टीकरण दियो ? नेपाल सरकार, नेपाली मिडिया र नेपाली सर्वसाधारण कसैलाई पनि थाहा छैन ।

तर, १० जेठमा राजधानीको अनामनगरस्थित मोहन कोल्ड स्टोर्समा चिसो खान छिरेका राजु अधिकारीले रियल जुसमा कीरा भेटेका थिए । त्यस्तै, २३ जेठमा डिलरबाट एक कार्टुन रियल जुस खरिद गरेकी पोखरा बुदौलीकी पसले अनिता भण्डारीले छोरालाई रियल जुस गन्हाएपछि खोलेर हेर्दा लेदो भेटिएको थियो । १७ साउनमा कपिलवस्तुको चन्द्रौटामा बद्रीनाथ गेस्टहाउसबाट सर्वसाधारणले किनेको जुस पनि गन्हाएपछि खोलेर हेर्दा स्याउँस्याउँती कीरा भेटिएका थिए । त्यसपछि पनि फेरि पोखरामा २७ साउनमा बैदामस्थित बराल स्टोर्सबाट स्थानीय सर्वसाधारण शिव परियारले रियल खान दिएपछि छोरी अनुषाले घाँटी दुख्यो भन्दै बान्ता गरेकी थिइन् । अनुषाले बान्ता गरेपछि रियलको स्थानीय डिलरबाट सर्वसाधारणले संकलन गरेर खाद्य अनुसन्धान विभागमा पठाएको ‘स्याम्पल’ रिपोर्ट अझै आएको छैन । ‘पोखराबाट स्याम्पल आएको छ तर त्यसको रिपोर्ट आएको छैन,’ खाद्य अनुसन्धान तथा प्रविधि विभागका सहप्रवक्ता नवराज दाहालले शुक्रबार साँझ नयाँ पत्रिकासित भने । त्यस्तै, संसद्को महिला बालबालिका तथा समाज कल्याण समितिले समेत बैठकमा रियल जुसमा प्रतिबन्ध लगाएको छ । नेपालका सरकारीे समेत रियल जुसमाथि छानविन गरिरहेको तथा कपिलवस्तुका सर्वसाधारणदेखि सिंहदरबारका संवैधानिक निकायसम्मले प्रतिबन्ध लगाएको अवस्थामा लैनचौरको दूतावासले भने रियल जुसलाई एकतर्फी रूपमा सफाइ दिएको छ ।

विज्ञप्तिमा भारतीय संयुक्त लगानीका उद्योगहरूले राजदूतावासलाई जानकारी गराएअनुसार ती सञ्चारमाध्यमहरूले विज्ञापनका लागि ती उद्योगसँग अनुरोध गरेको तथा विज्ञापन नदिएमा उनीहरूको विरुद्धमा नकारात्मक प्रचारप्रसार गर्ने धम्कीसमेत दिएको खुलासा भएको बताइएको छ । भारतीय बहुराष्ट्रिय कम्पनीले रियल जुसका नाममा लेउ, लेदो र कीरा बेचिरहेको समाचार नयाँ पत्रिका दैनिक, गोरखापत्र दैनिक, कान्तिपुर टेलिभिजन र सगरमाथा टेलिभिजनमा शृंखलाबद्धरूपमा प्रकाशन तथा प्रसारण भएका छन् । जुसका नाममा नेपाली जनतालाई कीरा खुवाउन पाइँदैन भन्ने समाचार लेख्ने र उपभोक्तालाई सचेत बनाउने नेपाली सञ्चारमाध्यमले कहिले र कसरी भारतीय कम्पनीलाई धम्की दिए भन्ने खुलासा भारतीय दूतावासले गर्न सकेको छैन । तर, दूतावासले विनाआधार, विनाप्रमाण तथा कूटनीतिक मर्यादासमेत नाघेर सार्वभौम देशको स्वतन्त्र मिडियामाथि आक्षेप लगाएको छ । कूटनीतिक मर्यादा राख्न सक्ने भए दूतावासले फलानो मिडियाले फलानो शब्दमा भारतीय लगानीको कम्पनीसँग विज्ञापन र सहयोग माग्यो भन्न सक्थ्यो । तर, नेपालको छिमेकी र ठूलो मित्रराष्ट्रको कूटनीतिक नियोगले सार्वभौम देशको स्वतन्त्र मिडियामाथि विनाआधार, विनाप्रमाण अमर्यादित आरोप लगाएर आफ्नै विश्वसनियतासमेत गिराएको छ ।

काठमाडौंस्थित भारतीय दूतावासका अनुसार भारतीय लगानीका उद्योगबाट उत्पादित वस्तुहरूको संसारभर सर्वस्वीकृतिले स्वतः तिनीहरूको उत्कृष्ट गुणस्तरीयता प्रमाणित गर्दछ । तर, भारतीय लगानीका उद्योगले उत्पादन गर्ने खाद्यवस्तु कति गुणस्तरीय छन् भन्ने जान्न स्टार न्युज, आजतक, आइबिएन सेभेन, इन्डिया टिभी र एनडिटिभी इन्डिया हेरे मात्रै पुग्छ । ती टिभीले हरेक दिन देखाउँछन्, ‘कपालमा लगाउने तेलमा मट्टीतेल, खाने घ्यूमा मरेको सिनोको बोसो, महमा सिनोको हड्डीको झोल, साग तथा तरकारीमा हरियो रसायन तथा चामलमा सेतो पोलिस लगाएर उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड भइरहेको छ ।’

उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्ने कम्पनीका कारखाना तथा गोदाममा भारत सरकारका प्रशासनिक निकायले हरेक दिनजसो छापा मार्छन् र दोषीमाथि कारबाही गर्छन् । तर, नेपालस्थित भारतीय दूतावासले भने उपभोक्तालाई सचेत गराउने समाचार लेख्ने सञ्चारमाध्यममाथि नै कारबाही गर्न नेपाल सरकारलाई दबाब दिएको छ । नयाँ पत्रिकालगायत नेपाली सञ्चारमाध्यमप्रति लक्ष्यित गर्दै भारतीय दूतावासको विज्ञप्तिमा भनिएको छ,, ‘यस्ता अमर्यादित कार्यहरूविरुद्ध सम्बन्धित निकायले उचित कारबाही गर्ने कुरामा हामी आशावादी छौँ ।’ आफ्नो देशका जनतालाई नै घ्यूका नाममा मरेको जनावरको बोसो खुवाउने भारतीय प्रशासनले नेपाली मिडियालाई त्यस्तो नलेख्न, नबोल्न धम्क्याएको भने यो पहिलोपटक हो ।

भारतीय दूतावासले कूटनीतिक मर्यादाविपरीत व्यापारिक दबाब दिए पनि रियल जुसको रियालिटी यस्तो छ

कपिलवस्तु ः

जिल्लाको चन्द्रौटास्थित बद्रीनाथ गेस्टहाउसभित्र रहेको पसलबाट १७ साउनमा स्थानीय सर्वसाधारणले रियल जुस किने । बट्टामा स्ट्र -पाइप) हालेर तान्दा ह्वास्सै गनायो, गिलासमा खन्याउँदा कीरा सल्बलाउन थाले । पसले र ग्राहक सबै आश्चर्यचकित भए ।

एउटा बट्टामा मात्र कीरा होला भन्ने उनीहरूको अनुमान थियो, त्यसैले अर्को बट्टा खोलियो । तर, त्यो पनि गनायो, त्यसमा पनि कीरा भेटिए ।

म्याद गएको हो कि भनेर पनि हेरियो । तर, जुन २०१० -जेठ/असार ०६७) मा प्याकिङ गरिएको भनेर बट्टामा प्रस्टै लेखिएको थियो । प्याकिङ गरिएको दुई महिना नपुग्दै रियलमा कीरा परेको देखेर पसलेले पत्रकार र रियलका डिलर सञ्चालकलाई खबर गरे ।

इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख केशव आचार्य, स्थानीय सर्वसाधारण, पत्रकार, विक्रेता, डिलर व्यवसायीको अगाडि रियलका २० वटा प्याकेट खोलियो । सबैमा कीरा फेला परे । रियल जुसको बट्टा काटेर गिलासमा जतिपटक खन्याइयो, उतिपटक कीरा सल्बलाए । डिलरवाला बोल्ने सकेनन् ।

सर्वसाधारणले जनस्वास्थ्यमा गम्भीर खेलवाड गर्ने रियलको उत्पादन डाबर नेपालमाथि कारबाही गर्न माग गरेका छन् । उनीहरूले चन्द्रौटा बजार क्षेत्रलाई रियल निषेधित क्षेत्र घोषणा गरेका छन् ।

कम्पनीले जथाभावी प्याकिङ गरेकाले रियलमा कीरा परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कर्मचारी सन्दीप ओझाले बताए । ‘जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यो विषयमा हामी गम्भीर छौँ, के-कस्तो कारबाही गर्ने भन्ने अध्ययनमा छौँ,’ उनले भने ।

रियलमा कीरा परेको विषयमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा सहायक प्रमुख जिल्ला अधिकारी कौशलराज घिमिरेको नेतृत्वमा सोमबार अनौपचारिक बैठक बसेको थियो । बैठकले यस विषयमा तत्काल आवश्यक कारबाही-प्रक्रिया अघि बढाउने सहमति गरेको छ । बैठकले अध्ययनको प्रतिवेदन नआएसम्म रियल नखान सर्वसाधारणलाई अपिल गर्ने निर्णय गरेको छ ।

खाद्य तथा गुण नियन्त्रक भैरहवाका सन्दीप ओझाले कपिलवस्तुमा जुसमा कीरा भेटिएको जानकारी आएको बताए । ‘कीरा भेटिएको खबर आएको छ, थप पुष्टि हुन बाँकी छ,’ उनले भने ।

उता बद्रीनाथ गेस्टहाउसका प्रोप्राइटर टीका कुँवरले डिलर सञ्चालककै अगाडि पोका फोरेर कीरा देखाउँदा पनि रियलले कुनै प्रतिक्रिया नदिएको बताए । ‘कीरा लागेको जुस बेचेर जाने, अनि त्यसको जिम्मेवारी नलिने ?’ उनले प्रश्न गर्दै भने, ‘रियलमा कीरा भेटिएको यो पहिलोपटक होइन, तर उनीहरू सिरियस नै छैनन् ।’

पोखरा ः

स्थानीय बुलौदी बजारमा किराना पसल गर्दै आएकी अनिता भण्डारीले २३ जेठमा डिलरबाट एक कार्टुन रियल जुस खरिद गरेकी थिइन् । ग्राहकलाई बेच्न नपाउँदै छोराले रियल खाने जिद्दी गरे, छोरालाई शान्त पार्न उनले एक बट्टा रियल खोलिन् । तर, बट्टा खोल्नासाथ गनाउन थाल्यो । जुस गनाएपछि अनिताले जुस कचौरामा खन्याइन् । कचौरामा कीरा सल्बलाउन थाले, पिँधबाट लेउको लेदो आयो । उनले छिमेकीलाई बोलाइन्, छिमेकीले पत्रकार बोलाए । पत्रकारसामु उनले अबदेखि रियल नबेच्ने वाचा गरिन् । ‘मेरो छोराले त्यो कीरा खाएको भए के हुन्थ्यो होला ? अरूका बच्चाले पनि कीरा नखाऊन्,’ उनले भनिन् । कीरा भेटिएको थाहा पाएपछि सुन्दर श्रेष्ठसहित डाबरका प्रतिनिधि अनिताको पसलमा आए । तर, उनीहरूल आफ्नो गल्ती स्विकारेनन् बरु पत्रकारलाई किन भनेको भनेर धम्क्याए । डाबरका प्रतिनिधिले यति धेरै धम्की दिए, अनिताले पसल नै बन्द गर्नुपर्‍यो । उनी अहिले पोखरामै छिन्, तर पसल छाडिसकेकी छिन् । सोमबार नयाँ पत्रिकाले अनितालाई सम्पर्क गरेको थियो । तर, अनिताले यस विषयमा धेरै बोल्न मानिनन् । पसल किन छाड्नुभयो भन्ने प्रश्नमा उनले भनिन्, ‘जे भयो, भयो, भो अब म बोल्दिनँ । बोलेर फाइदा छैन ।’ डाबरका प्रतिनिधिले कीरा भेटिएको जुसको सट्टा पैसा दिने र त्यस्तो जुस बेचेकोमा क्षतिपूर्तिस्वरूप थप पैसा दिने आश्वासन पनि दिएका थिए । तर, अनिताले क्षतिपूर्ति पाइनन् । ‘कहाँको क्षतिपूर्ति दिनु ? जुस किन्दा तिरेको पैसा पनि धेरै दिनपछि मात्र पाएँ ।’ अनिताको पसलमा राखेको जुसको उत्पादन मिति अपि्रल २०१० -चैत-वैशाख) उल्लेख छ । तर, दुई महिनाभित्रै जेठमै जुसमा कीरा लागे ।

काठमाडौं ः

१० जेठमा राजधानीको अनामनगरस्थित मोहन कोल्ड स्टोर्समा चिसो खान छिरेका राजु अधिकारीले रियल जुस किने । तर, पिउन खोज्दा जुस गनायो । बट्टा फुटाएर हेर्दा कालो लेदो भेटियो । रियलमा फोहोरको लेदो भेटिएपछि पसलमा सर्वसाधारण जम्मा भए, हल्लाखल्ला मच्चियो । सर्वसाधारण जस्तै पसले मोहन राजभण्डारी छक्क परे । खोजीनिती सुरु भयो, सर्वसाधारणले सगरमाथा टेलिभिजनको टिम बोलाएर रियलको लेदो पनि खिच्न लगाए । क्यामेराकै अगाडि सर्वसाधारणले प्रश्न गरे, ‘रियलमा भेटिएको अखाद्य कालो पदार्थ के हो ? जनस्वास्थ्यमा यति गम्भीर खेलवाड गर्नेलाई कस्तो कारबाही हुन्छ ?’ सर्वसाधारण उपभोक्ता र सञ्चारकर्मी रियलको बट्टा नै लिएर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग पनि गए । तर, खाद्यान्नको अनुसन्धान गरी जनस्वास्थ्यको सुरक्षा गर्ने जिम्मेवारी पाएको विभागका अधिकारीहरूले भने गैरजिम्मेवार जवाफ दिए । ‘बट्टा खुलिसकेको छ, त्यसैले यसलाई प्रमाण मानेर कारबाही गर्न सकिँदैन,’ अधिकारीहरूले यति भन्दै सञ्चारकर्मी र सर्वसाधारणलाई निराश बनाएर पठाइदिए ।तर, उनीहरूले मोहन स्टोर्सबाटै थप बट्टा लगेर जाँच्ने जाँगर पनि गरेनन् । कर्मचारीहरूले अन्त कतैबाट रियलका बट्टा जम्मा गरेर जाँच गरी डाबरलाई क्लिन चिट पनि दिए । काठमाडौंमा १० जेठमा लेदो भेटिनासाथ डाबरमाथि कारबाही भएको भए २३ जेठमा पोखरा र १६ साउनमा कपिलवस्तुका उपभोक्ताले जुसको खोजीमा कीरा किन्नुपर्दैनथ्यो ।

पोखरा ः

२७ साउनमा रियल जुस गुणस्तरीय छ भनेर डाबर नेपालले विभिन्न पत्रिकाबाट सार्वजनिक दाबी गरेकै दिन पोखराबाट समाचार आयो । ‘रियल जुसमा फेरि लेउ भेटियो ।’ यसअघि पनि पोखरामा मात्र होइन, काठमाडौं र कपिलवस्तुमा पनि रियल जुसमा लेउ र कीरा भेटिएको थियो ।

पोखरा- ६ बैदाममा रहेको बराल किराना स्टोर्सबाट बुधबार साँझ स्थानीय शिव परियारले छोरी अनुषाका लागि रियल जुस किनेका थिए । तर, पाइपबाट तानेर जुस खाएपछि छोरीले अमिलो भएको सिकायत गरेकी थिइन् । पछि घाँटी पनि खसखसायो, जिब्रो दुख्यो भनेर ९ वषर्ीया बालिका रुन थालेपछि अभिभावक डराएका थिए । ‘के गरौँ, कसो गरौँ भन्दै थियौँ, केहीबेरमा उल्टी गर्न थालेपछि हामी झन् डरायौँ,’ बाबु शिवले भने । प्राथमिक उपचारपछि अनुषालाई बिस्तारै ठीक भएको थियो । बुधबारको घटनाबारे जानकारी दिन शिवले बिहीबार सञ्चारकर्मीलाई बोलाएका थिए । खरिद गरिएको जुसको उत्पादन मिति जुन २०१० -जेठ/असार) लेखिएको छ । तर, महिना दिनभित्रै रियलमा लेउ भेटिएको छ, कम्पनीले रियल जुस उत्पादनको मितिबाट १० महिनासम्म उपभोग गर्न सकिने दाबी गर्दै आएको छ । छोरीले घाँटी चिलायो, टाउको दुख्यो भन्दै उल्टी गर्न थालेपछि आफूहरू अत्तालिएको आमा ताराले बताइन् । ‘धन्न केही भएन, अझ कोही बिरामीले यो जुस खाएको भए त अरू नै बिमारले यस्तो भएको होला भन्ने पथ्र्यो,’ उनले भनिन् । परियार परिवारको सिकायतपछि स्थानीय सर्वसाधारण र सञ्चारकर्मी बिहीबार नै बराल किराना स्टोर्स पुगेका थिए । भर्खर-भर्खर पसल सुरु गरेकी कमला गुरुङले डाबरको डिलरबाट सो जुस २० दिनअघि मात्रै किनेको बताइन् । ‘मैले त किनेर ल्याएकै हुँ, भित्र यस्तो रहेछ थाहै भएन,’ उनले भनिन्, ‘यसको जिम्मा त डाबरले नै लिनुपर्छ ।’ बालबालिकादेखि वृद्ध र बिरामीलाई फुर्ति दिने भनेर बेचिने जुसमा लेउ भेटिनु गम्भीर गल्ती भएको पनि उनले बताइन् । ‘हामी त पैसा तिरेर ल्याउने हो, पैसा तिरेर खाने सर्वसाधारणको स्वास्थ्यमा खेलबाड गर्ने छुट कसैलाई पनि दिनुहुन्न,’ उनले भनिन् । गुरुङभन्दा अघि सो पसल गंगा बरालले चलाउँथिन् । बरालले आफूले पसल चलाउँदा पनि रियलमा कीरा भेटिएको बताइन् । ‘कीरा पहिले पनि भेटिएको थियो, तर कम्पनीले पैसा मात्र खोजेको रहेछ, जनताको स्वास्थ्यको त मतलबै छैन,’ उनले भनिन् । गुरुङले रियलको डिलर बैदामस्थित सविता स्टोर्सबाट जुस किनेर ल्याएकी थिइन् । सविता स्टोर्समा पुग्दा स्टोर्सकी सञ्चालिका सविता शाहले त रियल जुस साँच्चै प्रदूषित भएको भन्दै आफू स्वयं पनि पीडित रहेको गुनासो गरिन् । उनको पसलमा जुलाई २०१० -गत महिना) बनेका एक बोरा रियल खराब भेटिए पनि कम्पनीले साट्नै नमानेको उनले बताइन् । ‘यही महिना बनेको जुस खराब भेटिएपछि त साटिदिनुपर्ने हो, तर जसरी पनि बेच्नुपर्छ भनेर साट्न मानेनन्,’ उनले भनिन् । गत २७ असारमा मात्र सविताले पोखराको प्रमुख डिलर लेकसाइटस्थित रत्नदेवी हाउसबाट तीन सय केस रियल जुस मगाएकी थिइन् । तर, खराब जुस प्रतिनिधिले साट्नै नमानेपछि बजारमा गएको छ । उनले रियलमा कीरा र लेउ भेटियो भन्ने गुनासो सधंै सुन्नुपरेको बताइन् । ‘जुसमा कहिले कीरा भेटियो, कहिले लेउ भेटियो भनेर कम्प्लेन आउँछ, हामीले डाबरका प्रतिनिधिलाई भनेका छौँ, तर वास्तै गर्दैनन्,’ उनले भनिन् । कम्पनीका प्रतिनिधिले रियल ‘सप्लाई’ गर्दा मात्र कुरा गर्ने र ग्राहकबाट गुनासो सुनाउँदा कुनै वास्ता नगरेको शाहले बताइन् । जुसमा लेउ देखेर बैदामका सर्वसाधारण चकित परेका छन् । ‘रियलमा कीरा भेटियो, लेउ भेटियो भन्ने समाचार पत्रिकामा मात्र पढिएको थियो, आज आफ्नै आँखाले देख्नुपर्‍यो,’ बैदामस्थित रकल्यान्ड होटलका सञ्चालक शेखबहादुर जिसीले भने । ‘जुसका नाममा लेउ बेच्नेलाई छाडा छोड्नुहुन्न, डाबरको जुस प्रतिबन्धित हुनुपर्छ, अझै पनि बेच्न दिने हो भने सेता पारदर्शी प्लास्टिकको खोलमा प्याक गरेर मात्र बेच्नुपर्छ,’ उनले भने ।

बाढी गाउँ पसेपछि चारसय घर डुबानमा
मोरङ, भाद्र ११ – मोरङको इटहरा गाविसका ३, ४ र ५ नं वडामा स्थानीय बक्राहाखोलामा आएको बाढी पसेर करिब ४०० घर डुवानमा परेको छ । बक्राहाखोलामा रहेको जयनगर तटवन्ध भत्केपछि पसेको बाढीले गाउामा तीनवटै वडाका सयौ बिघा खेतीयोग्य जमिन पनि जलमग्न भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । प्रहरीका अनुसार बाढी गाउमा पसेर गाउ जलमग्न भएपछि स्थानीयवासी आ-आफ्नो घरको टाडेघरमाथि बस्न बाध्य भएका छन् । गत साउन ५ गते बक्राहाखोलाले तटबन्ध भत्काएको र पुनःमम्र्मत नहुदा पुनः अबिरल वषासागै आएको बाढी सोही ठाउाबाट पसेर गाउा जलमग्न बनाएको स्थानीयवासी कृष्णमाया पराजुलीले जानकारी दिए । बक्राहाखोलाले इटहरा- १ को मौवाबारीमा पनि कटान गरेर गाउा जलमग्न बनाएको स्थानीयवासीले बताए । सयौं घर डुबानमा परे पनि तत्काल नजिकै उद्धार गर्ने सुरक्षित स्थान नभएकोले समस्या भइरहेको र प्रहरीको थप मद्दत त्यसतर्फ परिचालन गरिएको जिल्ला दैवी प्रकोप उद्धार समिति मोरङले जनाएको छ । मोरङको बरडङ्गा- ९ मा बक्राहाखोलाको बाढी पसेर ५५ घर विस्थापित भएको र उनीहरुलाई स्थानीय बरडङ्गा माविमा सार्ने काम भइरहेको स्थानीयवासीले जनाएका छन् । यसैगरी मोरङको बेलाबारीमा स्थानीय लोहोन्द्रा खोलामा आएको बाढीले कटान गर्नथालेपछि किनारमा रहेका १० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको इलाका प्रहरी कार्यालय बेलबारीका निरीक्षक रुद्र चुडालले जानकारी दिए । यसैगरी खोलामा आएको बाढीले निरन्तर कटान गर्न थालेपछि मोरङको बेलबारी-२ मा रहेको भानु मेमोरियल अङ्ग्रेजी बोर्डिङ सार्वजनिक शैक्षिक गुठी विद्यालय र सगरमाथा बोर्डिङ स्कुल प्राङ्गणमा बाढी पसेपछि पठनपाठन प्रभावित भएको छ । स्थानीय लोहान्द्र खोलामा आएको बाढीले विद्यालयको पश्चिम पट्टी कटान गरी बाढी विद्यालय क्षेत्रभित्र प्रवेश गरेको हो ।