भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री
नेपाल समाचार | Yuba Bahas | February 11, 2010 at 11:38 amप्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको १९ औँ स्थापना दिवसका अवसरमा बिहीबार राजधानीमा आयाजित कार्यक्रममा उहाँले सरकारी काममा हुने ढिलासुस्ती र लापरबाहीले भ्रष्टाचार बढेको बताउँदै त्यस्ता कार्यलाई निमिट्यान्न पारेर सरकारी गतिविधिमा पारदर्शिता कायम गरिने दृढता व्यक्त गर्नुभयो ।
भ्रष्टाचार नियन्त्रणको दायित्व आयोग र सरकारको मात्र होइन भन्दै प्रधानमन्त्री नेपालले भ्रष्टाचार व्यक्तिको आचरणसँग जोडिएको विषय भएकाले त्यसको नियन्त्रणका लागि सामूहिक प्रयास जरुरी भएको बताउनुभयोे ।
सुशासन र भ्रष्टाचार एकअर्कासँग सम्बन्ध जोडिएका विषय हुन् भन्दै प्रधानमन्त्री नेपालले भ्रष्टाचार निवारणसम्बन्धी विद्यमान कानुनको पूर्णरूपमा कार्यान्वयन र त्यसमा थप व्यवस्था गर्नुपर्ने भए आवश्यक कानुन बनाएर भ्रष्टाचार रोक्न सरकार पछिपर्दैन भन्नुभयो ।
उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक निकायमा रिक्त पदाधिकारीको पदपूर्ति गर्न आफूले बारम्बार प्रयत्न गरिरहेको जानकारी दिनुभयो ।
प्रधानन्यायाधीश अनुपराज शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आफ्नो अधिकार र लक्ष्यप्रति अडिग भएर काम गर्न सुझाउ दिनुभयो ।
मुलुुकमा मौलाएको श्वेत अपराधविरुद्ध लड्न बलियो संयन्त्र बनाएर कामगर्न आयोगलाई सल्लाह दिँदै उहाँले भ्रष्टाचार नियन्त्रणका लागि आयोगले अनुसन्धानको पाटोलाई परिणाममुखी बनाउन सक्नुपर्छ भन्नुभयो ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले भ्रष्टाचार नियन्त्रणका लागि आयोगलाई आवश्यकताअनुसार जनशक्तिको व्यवस्था गर्न तथा आयोगलाई यथाशक्य छिटो पूर्णता दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
आयोगका सचिव भगवती काफ्लेले सार्वजनिक पद धारण गरेका व्यक्तिले गर्ने भ्रष्टाचार र अनुचित कार्य नियन्त्रणका लागि आयोगले आफ्ना सम्पूर्ण संयन्त्र अहोरात्र परिचालन गरेको बताउनुभयो ।
उहाँले भ्रष्टाचार नियन्त्रणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक र दण्डात्मक उपायलगायत सदाचारयुक्त सामाजिक मूल्य र मान्यताको विकास, प्रतिस्पर्धी, पारदर्शी र उत्तरदायी सार्वजनिक प्रशासन, सुशासनको प्रवर्द्धनजस्ता विषयमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
समारोहमा प्रधानमन्त्री नेपालले भ्रष्टाचारसम्बन्धी समाचार सम्प्रेषण गरी आयोगको अनुसन्धान कार्यमा सहयोग पुर्याउने सञ्चारमाध्यम र सञ्चारकर्मीलाई नगद पुरस्कार एवम् प्रमाणपत्र प्रदान गनुभयो ।
यसैगरी आयोगको वाषिर्कोत्सवको उपलक्ष्यमा आयोजित निबन्ध र कविता प्रतियोगिताका विजयीहरूलाई प्रधानन्यायाधीश शर्माले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
आयोगले यसरी वाषिर्कोत्सव मनाइरहँदा आयोगले भने पूर्णता पाउन सकेको छैन ।
भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री नेपाल
प्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको १९ औँ स्थापना दिवसका अवसरमा बिहीबार राजधानीमा आयाजित कार्यक्रममा उहाँले सरकारी काममा हुने ढिलासुस्ती र लापरबाहीले भ्रष्टाचार बढेको बताउँदै त्यस्ता कार्यलाई निमिट्यान्न पारेर सरकारी गतिविधिमा पारदर्शिता कायम गरिने दृढता व्यक्त गर्नुभयो ।
भ्रष्टाचार नियन्त्रणको दायित्व आयोग र सरकारको मात्र होइन भन्दै प्रधानमन्त्री नेपालले भ्रष्टाचार व्यक्तिको आचरणसँग जोडिएको विषय भएकाले त्यसको नियन्त्रणका लागि सामूहिक प्रयास जरुरी भएको बताउनुभयोे ।
सुशासन र भ्रष्टाचार एकअर्कासँग सम्बन्ध जोडिएका विषय हुन् भन्दै प्रधानमन्त्री नेपालले भ्रष्टाचार निवारणसम्बन्धी विद्यमान कानुनको पूर्णरूपमा कार्यान्वयन र त्यसमा थप व्यवस्था गर्नुपर्ने भए आवश्यक कानुन बनाएर भ्रष्टाचार रोक्न सरकार पछिपर्दैन भन्नुभयो ।
उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक निकायमा रिक्त पदाधिकारीको पदपूर्ति गर्न आफूले बारम्बार प्रयत्न गरिरहेको जानकारी दिनुभयो ।
प्रधानन्यायाधीश अनुपराज शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आफ्नो अधिकार र लक्ष्यप्रति अडिग भएर काम गर्न सुझाउ दिनुभयो ।
मुलुुकमा मौलाएको श्वेत अपराधविरुद्ध लड्न बलियो संयन्त्र बनाएर कामगर्न आयोगलाई सल्लाह दिँदै उहाँले भ्रष्टाचार नियन्त्रणका लागि आयोगले अनुसन्धानको पाटोलाई परिणाममुखी बनाउन सक्नुपर्छ भन्नुभयो ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले भ्रष्टाचार नियन्त्रणका लागि आयोगलाई आवश्यकताअनुसार जनशक्तिको व्यवस्था गर्न तथा आयोगलाई यथाशक्य छिटो पूर्णता दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
आयोगका सचिव भगवती काफ्लेले सार्वजनिक पद धारण गरेका व्यक्तिले गर्ने भ्रष्टाचार र अनुचित कार्य नियन्त्रणका लागि आयोगले आफ्ना सम्पूर्ण संयन्त्र अहोरात्र परिचालन गरेको बताउनुभयो ।
उहाँले भ्रष्टाचार नियन्त्रणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक र दण्डात्मक उपायलगायत सदाचारयुक्त सामाजिक मूल्य र मान्यताको विकास, प्रतिस्पर्धी, पारदर्शी र उत्तरदायी सार्वजनिक प्रशासन, सुशासनको प्रवर्द्धनजस्ता विषयमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
समारोहमा प्रधानमन्त्री नेपालले भ्रष्टाचारसम्बन्धी समाचार सम्प्रेषण गरी आयोगको अनुसन्धान कार्यमा सहयोग पुर्याउने सञ्चारमाध्यम र सञ्चारकर्मीलाई नगद पुरस्कार एवम् प्रमाणपत्र प्रदान गनुभयो ।
यसैगरी आयोगको वाषिर्कोत्सवको उपलक्ष्यमा आयोजित निबन्ध र कविता प्रतियोगिताका विजयीहरूलाई प्रधानन्यायाधीश शर्माले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
आयोगले यसरी वाषिर्कोत्सव मनाइरहँदा आयोगले भने पूर्णता पाउन सकेको छैन

Tweet This
Digg This
Save to delicious
Stumble it