आठ मार्चलाई सङ्घर्षकै रुपमा मनाउँदैछौं- जयपुरी घर्ती संयोजक, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)
अन्तरवार्ता | Yuba Bahas | March 8, 2010 at 9:52 am
विश्वभरका श्रमिक महिलाहरुले मुक्ति र विद्रोहको रुपमा मनाउँदै आएका अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अर्थात आठ मार्चको सतवाषिर्की कसरी मनाउँदै हुनुहुन्छ ?
अहिले नेपालमा सबै महिलाहरूले आ-आफ्नै ढङ्गले मनाइरहेका छन् । यसअघिको वर्षमा संयुक्तरूपमा मनाउने पहल भएका थिए तर अहिले हाम्रो एउटा विषयमा मतभिन्नता छ । अरुले नारी दिवस भन्छन् भने हामी श्रमिक महिला दिवस भन्छौं । त्यसमा भिन्नता भएको कारणले हाम्रो सङ्गठन र हाम्रो पार्टी सम्बद्ध महिला विभाग, जातीय मोर्चा, जनवर्गीय सङ्गठनका महिला केन्द्रीय विभागले संयुक्तरूपमा राजधानीमा वृहत् रूपमा मनाउन गइरहेका छौं । राजधानीमा नेवाः, ताम्सालिङ र तमुवानको राजधानी काठमाडौंमा केन्दि्रत गरेर वृहत् ढङ्गले मनाउन गइरहेका छौं । अन्य जिल्लाका हकमा विकेन्दि्रत रूपमा मनाउने तयारी गरिरहेका छौं । अहिले हामी दिवसको अन्तिम तयारीमा पुगेका छौं । मास परिचालन र प्रचारका लागि सबै तयारी पूरा भइसकेको छ । २४ गते १२ बजेदेखि राजधानीका विभिन्न पााच स्थानबाट एकसाथ जुलुस सुरु हुनेछ । एक बजे खुलामञ्चमा सभा हुनेछ र हाम्रो पार्टीका अध्यक्ष प्रचण्डले सम्बोधन गर्नुहुनेछ ।
श्रमिक महिला दिवस या नारी दिवस भन्नेमा विवाद भन्नुभयो, यो दिवसको सुरुआतमा के भनिएको थियो ? नारी दिवस या श्रमिक महिला दिवस ?
विशेषगरी यो अमेरिकाको सुती कारखानामा महिलाहरूले १६ घण्टा काम गर्दा पुरुषभन्दा महिलाहरूलाई कम ज्याला दिने नीतिका विरुद्धमा श्रमिक महिलाहरूले विद्रोह गरेका हुन् । त्यसलाई लिएर क्लारा जेटकिन विश्वभरी मनाउनुपर्छ भनेर मनाउन थालिएको हो । त्यतिबेला पनि श्रमिक महिला दिवस भनेरै मनाउन सुरु गरिएको थियो । पछिल्लो समयमा आएर नारी दिवस भनेर कतिपयले भन्न थालेका हुन् । त्यसकारण हामी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भनेर मानिरहेका छौं । सरकारी निकाय मातहतका महिला सङ्घ सङ्गठनले नारी दिवसको रूपमा मनाउँछन् ।
यो श्रमिक महिला दिवसलाई आम नेपाली महिलाहरुले कसरी बुझ्ने ?
सबै नेपाली महिलाहरूले आ-आफ्नो क्षेत्रमा श्रम गरिरहेको छ । नेपालको सन्दर्भमा सबैले श्रम गरिरहेका छ । विशेषगरी नेपाली महिलाहरूको त घरमा काम गर्ने मूल्यहीन श्रम छ । त्यो मूल्यहीन श्रमलाई मूल्यसहितको श्रम, अधिकारसहितको श्रममा बदल्न जरुरी छ । यहाा पनि हरेक क्षत्रमा जो रोजगार पाउाछ, रोजगारमा महिलाहरूलाई असमान ज्याला त छादैछ अझ रोजगारै नपाउने अवस्था पनि छ । समान रोजगार प्राप्त गर्नुपर्छ र समान ज्याला पाउनुपर्छ । अहिले हामीले मुख्यगरी तीनवटा मुद्दालाई अगाडि बढाएका छौं । सामन्ती एकात्मक केन्दि्रकृत राजतन्त्रात्मक व्यवस्थाको अन्त्य भएको छ र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । यतिबेला राज्यसत्ताका हरेक अङ्गमा महिलाहरूको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने कुरा, आर्थिक, सामाजिक, सामाजिक हिसाबले हरेक क्षेत्रमा समानताको समानताको संविधान लेख्ने कुरालाई हामीले जरुरी ठानेका छौं । त्यसो भएकोले दबाबको रूपमा यो मनाउँदै छौं । दोस्रो कुरा, राष्ट्रिय स्वाधीनताको विषय, नागरिक सर्वोच्चताको विषय जटिल बनेर आइरहेको छ यसको पक्षमा पनि यसलाई सङ्र्षको रूपमा मनाउँदै छौं । सय वर्ष पुगेकोले उत्सवको रूपमा र अहिले नेपालको अवस्था जुन छ, नयाँ संविधान लेख्ने, राष्ट्रिय स्वाधीनता, नागरिक सर्वोच्चतामा जुन चुनौती छ त्यसको पक्षमा पनि आठ मार्चलाई हामीले मनाउन गइरहेका छौं ।
अमेरिकामा महिलाहरुले समानताका लागि विद्रोह गरेको सय वर्ष पुगिसक्दा पनि नेपालमा समानता भन्ने कुरा अझ धेरै टाढा देखिन्छ । यो सतवाषिर्की मनाउँदै गर्दा के सन्देश दिन सकिन्छ ?
विशेषगरी हामीले समानताको सन्देश दिन खोजेको हो । १० वर्षको जनयुद्ध र १९ दिने जनआन्दोलनसम्म आउँदाखेरि अझ विशेषगरी १० वर्षको जनयुद्धले ७५ वटै जिल्लाका हिमालदेखि तराई, मेचीदेखि महाकाली, गाउा सहर सबैतिरका महिलाहरूलाई समानता हुनुपर्छ भन्ने चेतनाको विकास भएको छ । यो चेतनाको रक्षा गर्ने र त्यो चेतनाबाट जो उपलब्धी भएको छ जस्तो अन्तरिम संविधानमा पैतृक सम्पत्तिमाथि समान अधिकार, राज्यसत्तामा ३३ प्रतिशत सहभागिता, आमाको नाममा नागरिकता पाउने प्रावधान जो हामीले उल्लेख गर्न सफल भयौं । यसको मुख्य कारण जनयुद्ध हो । अनेमसङ्घ -क्रान्तिकारी)ले जनयुद्धको क्रममा ग्रामीण क्षेत्रमा सञ्चालन गरेको सङ्घर्ष र महिलाहरूलाई प्रदान गरेको अधिकारका कारणले हो । यसको संस्थागत गर्ने प्रक्रिया नयाँ संविधान हो । नयाँ संविधानमा समान अधिकार लेख्नुपर्छ भन्ने सन्देश दिन खोजेको हो । त्यो अधिकारका लागि महिलाहरूले हरेक क्षेत्रबाट सङ्घर्ष गर्नुपर्छ भन्ने अर्को सन्देश दिन खोजेको हो ।
जनयुद्धकालमा पनि सङ्घर्षकै रुपमा मनाउनुभयो, अहिले शान्तिप्रक्रियामा पनि त्यही रुपमा मनाउने भन्दै हुनुहुन्छ । किन सङ्घर्ष र उत्सव दुवै रुपमा मनाउने, उत्सवको रुपमा मात्र मनाए हुादैन ?
हो, हामी यसलाई दुवै रूपमा मनाउाछौं । सय वर्ष पुगेको उपलक्ष्यमा यो उत्सवको रूपमा पनि हुन्छ । मुख्यगरी यो सङ्घर्षकै रूपमा हुन्छ । किनकि हामीले जुन उत्पीडित वर्ग, जाति, क्षेत्र लिङ्गको मुद्दा उठाएर जनयुद्ध गर्यौं र सङ्घर्ष गर्यौं । ती मुद्दाहरू अहिले पनि सम्बोधन भएका छैनन् । जतिखेरसम्म हामीले अधिकार पूर्णरूपले पाउँदैनौं तबसम्म सङ्घर्षकै रूपमा हुन्छ । अहिले खासगरी सङ्घर्षबाट सरकारलाई दबाब दिने र संविधान निर्माण प्रक्रियामा जो सबै राजनीतिक पार्टीहरू पुरानो पितृसत्तात्मक सोंच र चिन्तनबाट ग्रस्त छन् । जहाा नेपाली जनतालाई अधिकार दिन चाहान्नन् । महिलाको मुद्दामा, जनजातिको मुद्दामा धेरै खुम्चीरहेका छन् । अनि उत्पीडित क्षेत्रका विषयमा आउँदा खुम्चीरहेका छन् । यो सारा चिजको अन्त्य गर्नका लागि सङ्घर्ष गर्नैपर्छ ।
अधिकारका लागि भन्दै सङ्घर्ष गर्न थालेको इतिहास निकै लामो भइसक्यो । कुन अवस्थामा महिलाहरुले पूर्णरुपमा अधिकार पाएको मान्ने र सङ्घर्ष रोक्ने ?
राज्यको हरेक नीतिनिर्माणको तहमा समान सहभागिता, आर्थिक, सामाजिक र सांस्कृतिक हिसाबले समान सहभागिता र यो समाजमा महिला र पुरुषलाई हेर्ने दृष्टिकोण समान नबनेसम्म हामीले समानताको नारा उठाइरहन्छौं । अहिले सापेक्षितरूपमा अंशअंशमा केही उपलब्धीहरू हासिल गर्दै आएका भए पनि पूर्ण समानताका लागि सङ्घर्ष गरिरहनुपर्ने छ हामीले ।
विद्रोह र उत्सवको यो आठ मार्चको अवसरमा विश्वभर र खासगरी स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण श्रमिक महिलाहरुलाई के सन्देश दिनुहुन्छ अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)की संयोजकको हैसियतले ?
यो आठ मार्च जुन उद्देश्यले मनाउने सुरु भयो, त्यो उद्देश्यबाट तलमाथि हुनुहुादैन । अहिले कसैले डलर कमाउने उद्देश्यले यो दिवस मनाइरहेका छन् । कसैले स्वार्थपूर्तिका लागि मनाइरहेका छन् । हाम्रो उद्देश्य के हो भने सुती कारखानामा महिलाहरूले जुन उद्देश्य लिएर उत्पीडित र श्रमजीवि महिलाहरूको अधिकारका लागि सङ्घर्ष गरेका थिए । त्यो मान्यतालाई लिएर अगाडि बढ्नुपर्छ । श्रमजीवि जनताको अधिकारका लागि सङ्घर्ष गर्नुपर्छ । यसमा डलर कमाउने, व्यक्तिगत स्वार्थ पूरा गर्ने ढङ्गले होइन । विश्वभरीको उत्पीडित श्रमजीवि महिलाहरूको पक्षमा यो हुनुपर्छ । नेपालको सन्दर्भमा त झन् अझै पिछडिएको महिलाहरू जो कृषि, उद्योग, घरयासी क्षेत्रमा श्रम गरिरहेका छन् तिनको पक्षमा हुनुपर्छ । यसको अर्थ अहिले आठ मार्च मनाउनु भनेको सबैको अधिकार नयाँ संविधानमा सुनिश्चित हुनुपर्छ । संविधान बन्न शान्तिप्रक्रिया तार्किक निष्कर्षमा पुग्नुपर्छ, राष्ट्र स्वतन्त्र हुनुपर्छ, नागरिक सर्वोच्चता कायम हुनुपर्छ । त्यसरी मात्र नेपालमा आठ मार्च मनाएको महत्त्व हुनेछ ।



Tweet This
Digg This
Save to delicious
Stumble it














