संविधानसभा भवन अगाडी नागरिकको धर्ना

तस्विर समाचार | Yuba Bahas | March 9, 2010 at 10:50 am


लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनले काठमाडौंको नयाँबानेश्वरस्थित संविधानसभा भवन अगाडी मंगलबार धर्ना दिँदै खबरदारी सभा गरेको छ । सत्ता भागबन्डामा अल्मलिएका दलहरुलाई तोकिएकै समयमा संविधान निर्माण गर्न सचेत गराउने उदेश्यले धर्ना सहित सभाको आयोजना गरिएको नागरिक अगुवा डा. देबेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

दिउँसो २ बजेदेखि सुरु धर्ना सहितको खबरदारी सभामा दवाव मुलक कविता तथा नाटकहरु प्रस्तुत गरिएको छ ।

शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याइ तोकिएको समयमा मानवअधिकारसम्मत संविधान निर्माण गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न खबरदारी सभामार्फत् दलहरुको ध्यान केन्द्रीत गर्न धर्ना सहितको सभाको आयोजना गरेको हो ।

नागरिक आन्दोलनले सहमतिको राजनीतिलाई अघि बढाउन र राजनीतिक गतिरोधको अन्त्य सडकबाट नभइ वार्ताबाट खोज्न पनि दलहरुलाई सुझाव दिएको छ ।

निर्धारित समयमा संविधान जारी गर्न दवाव दिने उद्देश्यले नागरिक आन्दोलनले यसअघि संविधानसभा अगाडि १ घण्टे, २४ घण्टे र ं४८ घण्टे धर्ना दिएको थियो ।

Leave a Reply