तानसेनमा लोकसाँस्कृतिक महोत्सव

नेपाल समाचार | Yuba Bahas | March 10, 2010 at 5:08 am

फागुन २१ गतेदेखि पाल्पाको तानसेनमा भइरहेको औद्योगिक ब्यापार मेला एवं पर्यटन महोत्सवको छैठौं दिन आज १२ देशका कलाकारहरुको प्रस्तुती रहने भएको छ । पर्यटन महोत्सवकै बीचमा आयोजित पाँचौं अन्तराष्टिर्य लोकसाँस्कृतिक महोत्सवको लागि १२ देशका लोक कलाकारहरु हिजो पाल्पा आइसकेका छन् ।

सांस्कृतिक समितिका संयोजक राजुमर्हजनका अनुसार आजको महोत्सवको लागि विभिन्न १२ देशका ३ सय ५० भन्दा बढी कलाकारहरु तानसेन आएका छन् ।

अन्र्तराष्ट्रिय लोक सांस्कृतिक महोत्वसमा आज सबैभन्दा बढीलाई उपस्थित गराउन व्यापक प्रचारप्रसार गरिएको जनचेतना तथा प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सबस्थल टुडीखेल मैदानमा ५० हजार दर्शकले सांस्कृतिक कार्यक्रमको अवलोकन गर्नेछन् ।

दर्शकहरुले आज फ्रान्स क र ख, भारतको दुई समुह पंजाव र राजस्थान, स्लोभेनिया, पोल्याण्ड, बुल्गेरिया, नेदरल्याण्ड, स्लोभाकिया, स्पेन, लिथोवानीया, बंगलादेश लगायतका देशका कलाकारहरुको प्रस्तुति देख्न पाउने छन् ।

मेला अवलोकन गर्न सःशुल्क प्रवेशको ब्यवस्था मिलाइएको छ ।

Leave a Reply