ढिस्कोले पुरिएर महिलाको मृत्यु, टियुमा युवकको शव
नेपाल समाचार | Yuba Bahas | March 10, 2010 at 5:09 amललितपुरको लामाटारमा माटोको ढिस्कोले पुरिएर बुधबार विहान एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा लामाटार-१ सिस्नेरीकी ५० वर्षिया मैयाँ सुवाल रहेकी लुभु प्रहरीले जनाएको छ ।
घर लिपपोत गर्न माटो लिन गएकी सुवाललाई विहान नौं बजेतिर माथिबाट खसेको ढिस्कोले पुरेको थियो ।
युवक मृत भेटिए
त्रिभुवन विश्व विद्यालयको भवन नजिक एक युवक बुधबार विहान मृत फेला परेका छन् । अन्दाजी २२ वर्षे ती युवा रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । मृतकको परिचय खुल्न सकेको छ्रैन । अनुसन्धानका लागि प्रहरी घटनास्थल पुगेको छ ।



Tweet This
Digg This
Save to delicious
Stumble it














