‘कोइराला खतरा मुक्त’

नेपाल समाचार | Yuba Bahas | March 10, 2010 at 5:11 am


छातिको रोगबाट पीडित नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । बुधबार विहान कोइरालाको नियमित स्वास्थ्य परीक्षण गरेपछि चिकित्सक डा. अर्जनु कार्कीले थप उपचारका लागि उहाँलाई विदेश लैजान नपर्ने बताउनुभयो ।

स्वास्थ्य अवस्था बिग्रदै गएको भन्दै यसअघि कोइरालालाई भारतको एपोलो अस्पताल लैजाने तयारी गरिएको थियो । कोइरालालाई उपचारका लागि त्यहाँ ल्याउन लागिएको एपोलो अस्पताललाई हिँजो नै जानकारीे गराइसकिएको थियो ।

कोइरालाको स्वास्थ्य अबस्था छिनछिनमै कहिले सुधार त कहिले जटिल हुनेगरेको छ । तीन दिनयता कोइरालालाई उहाँकै निबासमा चौबिसै घण्टा अतिरिक्त अक्सिजन दिएर राखिएको छ ।

स्वास्थ्य अबस्थाबाट चिन्तित काङ्ग्रेस नेता तथा कार्यकर्ता कोइराला निवास महाराजगन्जमा भेला हुने गरेका छन् ।

Leave a Reply