उपराष्ट्रपतिको भारत भ्रमण स्वीकृत, सुरक्षा मात्र दिइने
नेपाल समाचार | Yuba Bahas | March 10, 2010 at 5:12 amउपराष्ट्रपति परमानन्द झाले भोलीदेखि गर्ने निजी भारत भ्रमणलाई सरकारले स्वीकृत गरेको छ । सिंहदरवारमा विहान बसेको मन्त्रिपरिषद बैठकले निजी भ्रमण भएकाले सुरक्षा बाहेक अन्य भ्रमण सुविधा नदिने निर्णय गरेको पर्यटन मन्त्री शरदसिंह भण्डारीले बैठकपछि जानकारी दिनुभयो ।
बैठकले द्वन्द्वपीडित पत्रकारहरुको कल्याणकोष सन्चालनको निम्ती निर्देशिका पनि पारीत गरेको छ । यसैगरी श्रेणीविहीन कर्मचारीलाई थप सुविधाको लागि प्रस्ताव पारीत भएको पनि उहाँले जानकारी दिनुभयो ।
बैठकले सुचना प्रविधि नीति २०६६ पारीत गरेको छ ।



Tweet This
Digg This
Save to delicious
Stumble it














