ग्लेमरस भुमिकाले सफल अभिनेत्रि
मनोरञ्जन | Yuba Bahas | March 10, 2010 at 6:17 am
बलिउडका चर्चित अभिनेत्री कैटरीना कैफ आजकाल बलिउडमा सबभन्दा सफल अभिनेत्रिको रुपमा चिनिन्छिन। बलिउडमा उनी यतिको सफल हुनुको पछाडी उनको ग्लेमरस भुमिकाको ठुलो योगदान रहेको छ। यस कुरालाई उनका पंरशंसक लगाएत सबैले मान्ने गरेतापनि कैटरीनाले भने आफुलाई गरम तथा सेक्सी भनेर कहिल्यै स्विकारिनन्। कैटरीनाका अनुसार मानिसहरुको राय फरक फरक हुने गर्दछ तर मलाई आफु सेक्सी देखिन्छु भनेर कहिल्यै लागेन। तर बास्तवमा भने उनको यसै छबीका कारण उनले बलिउडमा असख्य प्रशंसकहरु पाएका छन्।
शाहरूखले फराहलाई बिर्से
बलिउडका बादशाह शाहरूख खानलाई समय समयमा भोज भतेर गरीरहन मनलाग्छ। यस्ता भोज भतेरमा उनले आफ्ना नजिकका मित्रहरुलाई बोलाउने गर्दथ्यो जसमा फरहालाई उनले कहिल्यै छुटाएका थिएनन्। तर यस पटक भने उनले यस्तो भोजमा फरहालाई नबोलाएर सबैलाई आश्चर्य तुल्याएको छ। फरहा खानलको निर्देशनमा बन्न लागेको चलचित्र तीसमारखाँ मा उनले शाहरुखलाई नलिएर अक्षय कुमारलाई लिए देखी यिनीहरुको सम्बन्धमा चिसोपना आएको थियो। यसले गर्दा शाहरुखले आफ्नो यस जमघटमा फराहलाई बोलाएनन्।
शर्लिनको खुलापना
बलिउडका प्रख्यात आयटम गर्ल शर्लिन चोपडाले कुनै ठुलो चलचित्रमा खेल्ने मौका नपाएतापनि आफ्नो कामुकपनाका कारण उनी सधै चर्चामा आउने गरेकी छिन्। उनी देख्नमा जती कामुक छिन बोल्नमा पनि त्यत्तिकै खुला छिन्। हालै उनले आफ्नो ब्लगमा उनी आफ्नो शरिरको बनावटबाट खुशी नभएको उल्लेख गरेकी छिन्। यसले गर्दा उनले आफ्नो बक्षको सर्जरी समेत गराएकी थिईन। शर्लिनका अनुसार उनलाई आफ्नो बक्षनै नभएको जस्तो लाग्दथ्यो, यसले गर्दा उनको बारेमा नकारात्मक कुराहरुको समेत चर्चा चलेको थियो। यस कारण उनले सिलिकॉन इम्प्लीमेंटेशनको मद्यतले आफ्नो बक्षलाई सुडौलो बनाएकी थिईन। हाल उनी आफ्नो बक्षबाट सन्चुष्टी रहेको समेत बताईन।



Tweet This
Digg This
Save to delicious
Stumble it














