अब मैले मुख खोल्नैपर्छ– वामदेव गौतम, उपाध्यक्ष– नेकपा (एमाले)

अन्तरवार्ता | Yuba Bahas | April 5, 2010 at 6:15 am


उसो त वामदेव गौतम एमालेका जिम्मेवार नेता हुन्, तर उनलाई एमालेले नै आफैँभित्रको प्रतिपक्षी बनाउने गरेको छ।
कहिले जिम्मेवारी नदिएर त कहिले जिम्मेवारी दिएर पनि आलोचना गर्दै रुनु न हाँस्नुको स्थितिमा पुर्याउउने गरिएका कारण वामदेव हैरान छन्। अहिले मुलुकको राजनीतिक अवस्था जटिल मोडमा पुगेको छ र एमालेले मुलुकमा सरकारको नेतृत्व गरिरहेको छ। र, फेरि पनि गौतमचाहिँ सरकारको आलोचक भएका छन्।
विश्वमणि सुवेदी
० फेरि सरकार ढल्ने कि रहने भन्ने बहस चलेको छ, तपाईंले यसलाई कसरी हेर्नुभएको छ?
– यो एकदम अन्योलपूर्ण अवस्था हो र राजनीतिले कुनै ठोस दिशा पक्डेको छैन। प्रमुख राजनीतिक पार्टीबीच सहमति हुन नसक्नु नै यो स्थितिको सर्जक हो। यदि यस्तै अवस्था रहने हो भने देश बर्बादीतिर जानबाट कसैले रोक्नेछैन।
० अनि, यो सरकार नि?
– यो नाम मात्रको सरकार हो। यसले आफ्ना मूल उद्देश्य बिराइसकेको छ। त्यसैले पूर्णरूपले असफल भएको सरकार हो, यो। इतिहासकै सबभन्दा कमजोर, असफल र भाँडभैलो मच्चाउने कुनै सरकार छ वा थियो भनिन्छ भने त्यो यही सरकार हो।
० माओवादीले सरकार बनाउन ३ सय १ नपुर्याभउने, माधव नेपालले सरकार नछाड्ने। यो स्थितिले कसरी पार पाउँछ?
– राजनीतिक पार्टीहरूले यस्तो स्थितिलाई पुनर्विचार नगर्ने हो भने सीधै जनविद्रोह नै विकल्पका रूपमा अगाडि आउँछ। यदि कानुनसम्मत र विधिसम्मत तरिकाले परिवर्तनको सम्भावना नरहने हो, यथास्थिति नै रहने र देश बर्बाद भइरहने हो भने जनताले विद्रोह गर्नेबाहेक अर्को बाटो हुँदैन।
० सरकारको नेतृत्व एमालेकै छ। तपाईं त्यो पार्टीको उपाध्यक्ष आज जनविद्रोहको सम्भावना देख्दै हुनुहुन्छ। यसको मतलब सरकारको लगाम पार्टीसित छैन?
– प्रधानमन्त्रीको कुर्सी पाउनलाई जे पनि गर्नुहुँदैन। जे गरिँदै छ, यो राजनीतिले देशलाई अगाडि बढाउँदैन। दक्षिणपन्थी गठबन्धनलाई मात्र मद्दत पुग्ने हो भने देश दक्षिणपन्थी ध्रुवतिर जान्छ र यसैले देशमा बर्बादी ल्याउँछ भनेर पोहोर साल वैशाख २० गतेदेखि मैले जे कुरा उठाउँदै आएको छु, त्यही स्थिति आज पनि छ। त्यसैले अब सरकार बदलेर जेठ १४ गतेभित्र संविधान बनाउने र शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याशउने कुराको सुनिश्चितता हुँदैन भने देश बर्बाद हुनबाट कसैले बचाउन सक्दैन। यो कुरा आजसम्म मैले पार्टीभित्र मात्रै राख्दै आएँ। तर, मैले मुख खोल्नैपर्छ भनेर बाहिर पनि भन्न थालेको छु।
० अर्को सरकार बनेर पनि अब जेठ १४ मा संविधान बन्छ त?
– बन्छ कि बन्दैन भनेर प्रश्न गर्ने होइन, जसरी पनि त्यो गर्नैपर्छ। जिम्मेवार पार्टीहरूले आफ्नो हठ कायम गरेर जानुहुँदैन। देश र जनताको हितका लागि हामीले आज पार्टीस्वार्थलाई त्याग्नुपर्ने वेला आएको छ। यससम्बन्धमा मुख्यतः हाम्रो पार्टी एमाले, माओवादी र कांग्रेसबीच छलफल र सहमति हुनु अनिवार्य छ।
० नयाँ सरकारको नेतृत्व माओवादीकै हुनुपर्छ भन्ने तर्क हो?
– माओवादी नेतृत्वको सरकार हुँदैमा अब संविधान बन्ने र शान्तिप्रक्रिया टुंगोमा पुग्छ भन्ने हो भने माओवादीले त यसअघि नै आठ–नौ महिना सरकारको नेतृत्व गरिसक्यो र हामी नै त्यो सरकारमा थियौँ। सबभन्दा ठूलो पार्टी भन्दैमा ऊ सरकारमा रहनैपर्छ भन्ने ग्यारेन्टी हुँदैन। यदि बहुमत पुग्छ भने उनीहरूलाई सरकार बनाउन कुनै समस्या छैन। तर, ‘मेरो टाङमुनि छिर्न आऊ’ भनेर तिनका पछाडि त कोही लाग्दैनन्। त्यसैले माओवादीले मात्र होइन, तीनवटै पार्टीले आफ्ना अडान त्यागेर छलफल गर्नुपर्छ। त्यस्तो छलफलबाट जे निष्कर्ष निस्कन्छ, त्यहीअनुरूप सरकार बन्छ। तर, त्यो सरकार सहमतिको हुन्छ, समयमा संविधान बन्ने र शान्तिप्रक्रियालाई टुंगोमा पुर्यााउने ग्यारेन्टीसहितको सरकार हुनुपर्छ। त्यस्तो सरकार बनेको अवस्थामा माओवादीको नेतृत्व नभए पनि उसले त्यो सरकारमा जान तयार हुनुपर्छ।
० तपाईंले भनेजस्तो स्थिति निर्माण गर्न एमालेभित्रको बाधक तत्त्व के हो?
– हाम्रो पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनले जुन राजनीतिक लाइन पास गर्यो , तदनुरूपको निर्णय गर्न हाम्रो केन्द्रीय कमिटी समर्थ रहेन, त्योभन्दा अलग किसिमको निर्णय लिएर गयो। महाधिवेशनले प्रगतिशील, वामपन्थी शक्तिलाई केन्द्रमा राखेर राजनीतिक समीकरण निर्माण गर्ने कुरा गर्योर, तर त्यही महाधिवेशनले निर्माण गरेको केन्द्रीय कमिटीले वामपन्थीको समीकरण तोडेर दक्षिणपन्थीसँग समीकरण गरेर जाने राजनीतिक लाइन पास गर्योप। यो सरकार त्यही लाइनअनुसारको हो र यसैले देश बर्बादीतर्फ गइरहेको छ। माओवादीको विरोध गरेपछि जे गरे पनि हुन्छ भन्ने विचार हाम्रो पार्टीमा हावी भयो। माओवादीको विरोध गर्दैमा राष्ट्रिय अभिभारा पूरा हुन्छ भन्ने मानसिकता हावी भयो। नेपाली कांग्रेसलगायतका हाम्रो देशका दक्षिणपन्थी एमालेलाई अगाडि सारेर आफ्नो अभीष्ट पूरा गर्ने दिशातर्फ अगाडि गए। त्यही भएर आजको अवस्थाको सिर्जना भयो। पार्टीभित्र मेरा विचार अल्पमतमा परे।
० यसको मतलब नेकपा एमालेचाहिँ यो मुलुकभन्दा पनि अस्त–व्यस्त पार्टी भएर गयो?
– देश जति अस्त–व्यस्त भएको छ, एमाले र नेपालका सबै राजनीतिक पार्टी अस्त–व्यस्त भएका छन्।
० एमाले अलिक बढी अस्त–व्यस्त भयो कि?
– नापो लाएर म यो कुराको छिनोफानो गर्न सक्दिनँ, तर कांग्रेस, माओवादी, फोरम जताततै अस्त–व्यस्तता छ। हाम्रो पार्टीमा माओवादीविरोधीको बाहुल्यता छ, त्यसकारण माओवादीको विरोधमा हाम्रो पार्टीभित्र जहिले पनि बहुमत भइहाल्छ। विभिन्न विचार बाहिर आए पनि माओवादीको विरोध गर्ने कुरामा हाम्रो पार्टीभित्र बहुमत हुन्छ।
० तपाईंले माधव नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्तावमा समर्थन गर्नुभयो, तर माधव नेपालले चाहिँ तपाईंलाई लिखित भाषण गरेर ‘माओवादीमा जाऊ’ भन्नुभयो होइन?
– माधव नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव पार्टी अध्यक्ष झलनाथ खनालले राख्नुभएको र उहाँलाई त्यो प्रस्ताव राख्न मैले प्रेरित गरेको हो। किनभने, मेरो फरक मतका बाबजुद पनि हाम्रो पार्टीले प्रचण्ड नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने, सरकार ढाल्ने, नयाँ सरकार निर्माण गर्ने र नयाँ संविधान बनाउने लाइन पास गरिसकेको थियो। त्यस्तो वेला कोही न कोही प्रधानमन्त्री हुने नै भयो। कांग्रेसले माधव कामरेडलाई समर्थन गरेको र अन्य पार्टीले पनि समर्थन गर्ने सन्दर्भ आउँदा त्यस्तो अवस्थामा उहाँलाई प्रधानमन्त्री बनाउँदा ठीकै होला भनेर हामीले सर्वसम्मत निर्णय गर्यौँस।
० जसलाई प्रधानमन्त्री बनाउँदा ‘ठीकै होला’ भनेको, उसैले तपाईंलाई ‘पार्टी छाडेर जाऊ’ भन्दा चित्त दुखेन?
– आजकल भन्न छाड्नुभयो। एमालेमा बसेर माओवादीको राजनीति बोक्ने हो भने माओवादीमै जानूस् भनेर उहाँले धेरैचोटि धेरै ठाउँमा भन्नुभयो। तर, किन हो कुन्नि, आजकल कतै भन्नुभएको छैन।
० किन उहाँले त्यसो भन्नुभएको त?
– उहाँ प्रतिक्रिया जनाउने मान्छे हो। मैले जुन सैद्धान्तिक र राजनीतिक कुरा उठाएको थिएँ, त्यसबाट आम जनता र कार्यकर्ताको ध्यान विकेन्द्रित गर्नलाई उहाँले चरित्रसम्बन्धी कुरा उठाउनुभयो। कसैका सिद्धान्त, राजनीतिसँगका मतभिन्नतालाई सही किसिमले परास्त गर्न नसकेपछि सिद्धान्त र विचार बोक्नेमाथि चरित्रसम्बन्धी सवाल उठाएर कमजोर बनाउन खोज्ने रोगी मानसिकता छ। हाम्रो पार्टीभित्र त्यही मानसिकता भएका कामरेडहरूले वामदेव माओवादी भयो भन्नुभयो। वामदेवले माओवादीको विचार बोक्यो भनेपछि त त्यसमा छलफल गर्ने कुरै भएन। किनभने, एमालेमा त एमालेको विचारको छलफल हुन्छ। माओवादीको विचारबारे छलफल गर्ने ठाउँ त एमाले होइन। तर, मैले जे कुरा उठाएको छु, त्यो पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनले पास गरेअनुरूप, हाम्रो प्रमुख कार्यभारका कुरा उठाएको छु।
० माधव नेपाल, झलनाथ खनाल र केपी ओलीमध्ये एक समयमा कुनै एकसँग तपाईंको कुनै न कुनै झगडा परिरहनुको कारण के हो?
– मैले आफूलाई न माधव नेपालको, न झलनाथ खनालको, न त केपी ओलीको, कसैको पनि प्रतिद्वन्द्वी बनाएको छ। उहाँहरूसँग झगडा गरिरहनुपर्ने कुनै आवश्यकता पनि छैन।
० माधव नेपाल तपाईंविरुद्ध किन यति धेरै खनिनुहुन्छ त?
– माधव नेपालसित मेरो कहिले पनि दोस्ती भएन। झलनाथ खनालसित पनि मेरो कहिल्यै दोस्ती भएन। केपी ओलीजीसँग त रक्सी खाँदा पनि सँगै खाइयो, जेलभित्र अत्यन्त दुःख परेको वेला सँगै रोइयो, सँगै हाँसियो पनि। त्यसो भएर उनीसँगको सम्बन्ध साथी–भाइ, लगौँटीयारजस्तो भयो। हामीबीच एकदम तिखो संघर्ष भइरहेको अवस्थामा पनि व्यक्तिगत रूपमा उनको र मेरो सम्बन्धचाहिँ कायमै छ। पार्टी विभाजनको वेला मैले उनकै गलत विचारको विरुद्धमा लडाइँ गरेँ। आठौँ महाधिवेशनमा पनि उनकै गलत विचारविरुद्ध लडियो। अहिले पनि दक्षिणपन्थी विचार कमरेड केपी ओलीले नै बोकिरहनुभएको छ भनेर लडिराख्या’छु। जसरी जे विचार र जे लडाइँ लडे पनि हाम्रो दोस्तीयारी राम्रो छ।
० प्रधानसेनापति प्रकरणमा अध्यक्षले पहिला एउटा निर्देशन दिएर तपाईंले त्यहीअनुसार आफ्नो अडान राख्नुभयो, पछि अध्यक्ष आफ्नो लाइनमा टिक्नुभएन, बरु तपाईं अडानबाट फर्किने अवस्था बन्यो। झलनाथबाट यति ठूलो धोका हुँदा पनि उनलाई किन च्यापिरहनुभएको नि?
– गर्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्तो सेनापति प्रकरणमा भयो। अध्यक्षजस्तो पदमा पुगेको व्यक्तिले निर्देशन गरेर एउटा कार्यकर्ता (मैले) ले काम गर्छ, र त्यो काम गर्दा कुनै लिखित निर्णय छैन, कुनै भ्वाइस रेकर्ड छैन भन्दैमा मैले निर्देशन गरेकै होइन भन्नेजस्तो कुरा पार्टीको त्यति ठूलो नेताबाट हुने कुरा लज्जास्पद, शर्मनाक कुरा हो। त्यसका बाबजुद झलनाथ हाम्रो पार्टीको राष्ट्रिय महाधिवेशनले निर्वाचित गरेको अध्यक्ष हुनुहुन्छ, यसकारण मैले मानिरहेको छु। उहाँसँग जब म व्यक्तिगत रूपमा बहस गर्छु, अनि भन्नुहुन्छ, ‘म बाध्य भएँ, त्यस्तो निर्णय गर्नुहँदैनथ्यो, त्यो सरकार गिराउनुहुँदैनथ्यो…, राष्ट्रपतिकोमा गएर सिग्नेचर गर्नुहुँदैनथ्यो…!’ फेरि पनि पार्टीको अध्यक्ष त उहाँ नै हो, उहाँको जत्तिको विचार अरूमा छैन। कमसेकम उहाँ त आठौँ महाधिवेशनको विचार सही छ, त्यसैमा अगाडि बढ्नुपर्छ त भन्नुहुन्छ नि! त्यही भएर म उहाँसँग रहिराखेको छु। अहिले पनि म उहाँलाई समर्थन गर्छु।
० तपाईंकै पार्टीले अहिले पनि गृहप्रशासन चलाएको छ। तर, शान्ति–सुरक्षा खस्किएको भनेर जनताले गृहमन्त्रीको राजीनामा मागेको वेला राज्यमन्त्रीलाई निकालेर के तमासा भएको हो?
– ‘दाजुलाई सक्दिनँ, भाउजूलाई बाँकी राख्दिनँ’ भन्ने नेपाली उखानको चरितार्थ हो यो। रक्षामन्त्री विद्या भण्डारीले प्रधानमन्त्रीले भने पनि म मान्दिनँ भन्नुभयो। प्रधानमन्त्रीको एउटा विचार छ, उहाँको मन्त्रिपरिषद्को अर्कै विचार छ। पार्टीको विचार एकातिर छँदै छ। तर, रक्षामन्त्री लगातार माओवादी लडाकुको समायोजन हुँदैन भनेर बोलेको बोल्यै हुनुहुन्छ। त्यस्तो मन्त्रीलाई प्रधानमन्त्री कारबाही गर्नुहुन्न। त्यो बोली त संविधानविपरीत हो। अन्तरिम संविधानमै समायोजन गर्ने कुरा उल्लेख छ।
गृहमन्त्रीले मलाई काम दिनुभएन, म राजीनामा दिन्छु भनेर राज्यमन्त्रीले भन्नुभयो। गुहार माग्दै हिँड्दा पनि काम पाइनँ, म राजीनामा दिन्छु भन्नुभयो। हाम्रो पार्टीको अध्यक्षले अनुशासनको कारबाही गर्नुपर्ने व्यक्ति रहेछन् भन्नुभयो। त्यही भनेर प्रधानमन्त्रीले पनि हटाइदिनुभयो। कुनै मन्त्रीले सिडिओ पिटेका छन्। कुनै मन्त्रीले एलडिओ पिटेका छन्। कोही मन्त्री भएर मोटरसाइकलमा झन्डा फहराउँदै तमासा देखाइरहेका छन्। तिनीहरूलाई केही भनिँदैन। तर, एउटा तराईको मुस्लिम समुदायबाट आएको, प्रत्यक्ष निर्वाचनमा जितेर पार्टीको तर्फबाट सरकारमा गएको एक मात्र व्यक्तिलाई जे गरे पनि हुन्छ भन्ने मानसिकता हावी भयो। ऊ हट्दा प्रधानमन्त्रीको कुर्सी हल्लिँदैन, अरूलाई केही गरियो भने प्रधानमन्त्रीले पनि छाड्नुपर्छ भन्ने निकृष्ट सोचाइमा यस्तो अन्याय गरियो।
० पूर्वराजाले जनकपुरमा जे अभिव्यक्ति दिए, त्यसलाई कसरी लिनुहुन्छ?
– उहाँ एकजना असफल, अकुशल र नांगो निरंकुशतावादी सोच भएका व्यक्ति हुनुहुन्छ। यत्रो परिवर्तनलाई परिर्तन भएकै छैन भनेर उहाँले बोल्नुभयो। राजतन्त्र अझै ढलेको छैन, मैं राजा हुँ भन्नुभयो। उहाँको भनाइअनुसार ०४७ कै संविधान कायम छ भनेको हो। ०५८ मा राजा वीरेन्द्रको हत्यापछि उनलाई राजा बनाइयो र अहिले पनि उहाँ त्यही अवस्था कायम छ भन्ने ढंगले बोल्दै हुनुहुन्छ। उहाँले ०६२/६३ को जनआन्दोलनलाई इन्कार गर्नुभयो, संविधानसभाको निर्णयलाई पनि इन्कार गर्नुभयो। त्यस्तो किसिमको काम एउटा सद्दे मान्छेले गर्दैन। म सुझाब दिन चाहन्छु, यदि नागरिक भएर स्वतन्त्रतापूर्वक आफ्नो गतिविधि गर्न चाहने हो भने त्यस्तो विचार मनबाट हटाउनुपर्छ। २१औँ शताब्दीमा फेरि पनि राजतन्त्र ब्युँतन सक्दैन।
० ज्ञानेन्द्रले बोलेका कुराप्रति जनताले केही प्रतिक्रिया त दिएनन् नि!
– उहाँले बोलेका कुरालाई लिएर व्यवस्थापिका संसद्ले उनीविरुद्ध केही निर्णय गर्न सक्छ। उहाँका विगतका क्रियाकलापलाई समेत दोषी ठहर्यालएर कारबाही गर्न सक्ने कानुन बन्न सक्छ। संवैधानिक राजा भएका वेला निरंकुशतातिर लैजाने तत्त्वहरूले उहाँलाई आज पनि उकासिरहेजस्तो मलाई लाग्छ। उहाँमा परिवर्तन भएकै छैन भन्ने जुन भ्रम पाल्नुभएको छ, त्यसबाट मुक्त हुनुपर्छ। नहुने हो भने नेपाली जनताले अर्को कदम चाल्न सक्छन्। उहाँले एउटा साँच्चैको प्रतिबद्ध नेपाली नागरिक हुँ भन्ने सोच्नुपर्छ। त्यसो गरे मात्र उहाँ नेपालमै बस्न सक्नुहुन्छ।

6 Comments

  1. Ganesh Shah Dang says:

    a maalema kunai thos bichaarko darilo netaa 6 bhane Bamdeb ho.

  2. Ganesh Shah Dang says:

    AMALEMA KUNAI THOS RA BICHARILO NETA 6 BHANE BAMDEV HO.

  3. आज हाम्रो देश नेपालमा कम्युनिस्ट हरु पटन भएको अवस्थामा जस्तो छ, जनता को विचार मा नेपालका कम्यनिस्ताहरु कांग्रेश जस्तै samntawadi सोंच विचार भएको पार्टी जस्तै भएका छन्. तर नेपालमा सच्चा कम्यनिस्ताहरु मरेका छैनन. माधव नेपालजस्त प्रचण्ड जस्ता ले देशमा बिकर ल्याए पनि मोहन विक्रम sing अनि चित्र बहादुर के.सी जस्ता राम्रो सोंच भएका manchhe छन् नेपालमा सर्वहारा को दिन आउन कमरेड चित्र बहादुर लै देश को प्रधानमन्त्री बनाउन पर्छा किन कि हिजो संबिधान सभा को चुनाव गर्ने भन्दा कांग्रेश ले नमान्दा यति पछाडी आयो देश आज नेपालमा संघियता मा जाने भनिरहे क छन् ठुला पार्टी ले सानो पार्टी वाए पनि विचार ठुलो बोक्ने पार्टी नेपालमा कमरेड चित्र बहादुर कै पार्टी छ जस्तो लाग्छ वामदेव गौतm पनि नराम्रो विचार बोक्ने मान्छे होइनन तर उनको विचार अलि कडा छ त्यस्तै कडा विचारसंगै मोहनविक्रम को बुद्धिमा लग्नु पर्छादेश बन्न समय लाग्ने छैन

  4. आज हाम्रो देश नेपालमा कम्युनिस्ट हरु पटन भएको अवस्थामा जस्तो छ, जनता को विचार मा नेपालका कम्यनिस्ताहरु कांग्रेश जस्तै samntawadi सोंच विचार भएको पार्टी जस्तै भएका छन्. तर नेपालमा सच्चा कम्यनिस्ताहरु मरेका छैनन. माधव नेपालजस्त प्रचण्ड जस्ता ले देशमा बिकर ल्याए पनि मोहन विक्रम sing अनि चित्र बहादुर के.सी जस्ता राम्रो सोंच भएका manchhe छन् नेपालमा सर्वहारा को दिन आउन कमरेड चित्र बहादुर लै देश को प्रधानमन्त्री बनाउन पर्छा किन कि हिजो संबिधान सभा को चुनाव गर्ने भन्दा कांग्रेश ले नमान्दा यति पछाडी आयो देश आज नेपालमा संघियता मा जाने भनिरहे क छन् ठुला पार्टी ले सानो पार्टी वाए पनि विचार ठुलो बोक्ने पार्टी नेपालमा कमरेड चित्र बहादुर कै पार्टी छ जस्तो लाग्छ वामदेव गौतm पनि नराम्रो विचार बोक्ने मान्छे होइनन तर उनको विचार अलि कडा छ त्यस्तै कडा विचारसंगै मोहनविक्रम को बुद्धिमा लग्नु पर्छादेश बन्न समय लाग्ने छैन
    yo comeent garne prakash ji tapailai dhanyabad tapai ko bichar ramro chha ..

  5. दुर्गा प्रसाद खनाल says:

    बाम देव ले जे बोले त्यो तितो सत्य हो । तर धेरै ढिलो भयो बोल्न आज भन्दा ६ महिना अगडी बोलेका भए आज बामदेव राज्नितिका हिरो हुन्थे । ढिलो बोले पनि उनि अन्तिम निस्कर्स मा भएको कुरा हिजो को कान्तिपुर मा प्रसारण सरोकार मा हेर्दा थाहा भयो । उन्लाई ” जता मल्खु उत्तै ढल्कु ” भन्दा फरक हुँदैन । २०५४ मा एमालेको अवस्ता हेरेर उनि गए फेरी जिरो हुँदा फर्के आज अर्को बाम सक्ती हाबी हुँदै गर्दा बामदेव फेरी बिबाद मा छन । उनको यो बिस्लेसण ठीक छ तर अबेला भयो । बामदेव ले बोलेका सबै कुरा नियल्दा लाग्छ उनि अब कि एमाले कि फेरी एमावो हुन बेर छैन । यदी बाम देव को सोच मा एमाले जाने हो भने बर्तमान अवस्तामा एमाले फाइदा मा छ तर उन्को माधब नेपाल र के पि र झलनाथ लाई हेर्ने दृस्टिकोण फरक हुँदा उनि एमाले बाट निस्कासित त हुँदै छैनन यो समयले बताउछ ।

  6. EbonyAyala21 says:

    Every body admits that humen’s life seems to be not cheap, but people require cash for various stuff and not every person gets enough money. Hence to get some credit loans and just consolidation loans would be good solution.

Leave a Reply