सोएबको पत्नी दाबी गरेकी आयशा सिद्धिकीले मच्चाएको बबालपछि सानियाको चर्चा

पाकिस्तानी क्रिकेट खेलाडी सोएब मलिकसँग बिहे घोषणा गरेकी भारतीय टेनिस सुन्दरी सानिया मिर्जाले सञ्चारजगतबाट आफ्नो निजी जीवनको सम्मान गरिने आशा व्यक्त गरेकी थिइन्।
सोएबको पत्नी दाबी गरेकी आयशा सिद्धिकीले मच्चाएको बबालपछि सानियाको चर्चा चुलिएको छ। विश्वकै सर्वाधिक व्यस्त भिडियो क्लिपिङ साइट यु ट्युबमा यस पूरा विवादमा सोएब र मिर्जा परिवारको निकै उछित्तो काढिएको छ। पछिल्ला केही दिनमा यो पूरा विवादलाई लिएर साइटमा चार हजारभन्दा बढी भिडियो हालिएको छ।


यी मध्ये एक पाकिस्तानी एक्सप्रेस न्युजमा प्रसारित गरिएको कठपुतली चरित्र ‘बाँके मियाँ’ को कव्वाली पनि छ। यसको बोलको नेपाली अर्थ यस किसिमको छ- सोएबले सानियाको क्याच लिएका छन्, यता प्रतिबन्ध लगाइएको छ साथी। यो बिहे म्याचफिक्सिङ हो, पैसा कहाँबाट आउँछ साथी। यस कव्वालीको अन्तमा भारतीयमाथि समेत हमला गरिएको छ, जसमा पाकिस्तानलाई भिनाजु बताउँदै झेलम तालको पानी खोली दिन भनिएको छ।
हुन त दुई यस्ता भिडियो पनि छन् जो सोएबको हरेक दाबीविरुद्ध देखिन्छन्। यसमा २५ सेप्टेम्बर २००४ मा दिइएको एक टेलिभिजन अन्तर्वार्ता पनि छ। जसमा बिहेसम्बन्धी प्रश्नमा सोएबले आफ्नो पत्नीको नाम आयशा बताएका छन्।

भिडियोमा सोएबले आफ्नो पत्नी सपरिवार जेद्दाबाट भए पनि हाल भारतको हैदराबादमा बसिरहेको बताएको देखाइएको छ। अर्को भिडियो ३० मार्च २००५ को हो। यो प्रत्यक्ष प्रसारणबाट लिइएको हो। यस दिन हैदराबादमा भारत र पाकिस्तानबीच एकदिने खेल भएको थियो। ७७ बलमा ८१ रन बनाउनुका साथै एक रनआउट र क्याच समातेबापत सोएबले म्यान अफ द म्याच उपाधि पाएका थिए।

पूर्वक्रिकेट खेलाडी अरुण लालसँगको अन्तर्वार्ताका क्रममा सोएबले हैदराबादलाई आफ्नो पत्नीको सहर बताएका छन्। त्यसपछि अरुणले उनलाई बिहेको बधाई पनि दिए।
उता विवादलाई आफ्नो परिचय बनाइसकेकी सानिया मिर्जाको स्थिति अनौठो देखिएको छ। उनी सोमबार बेलुकासम्म पनि सोएबसँगै उभिएर पत्रकारसामु आफूहरूको बिहे पूर्वनिर्धारित कार्यक्रमअनुसार हुने र आफूलाई सत्य थाहा भएको बताएकी छन्। तर आयशाले प्रहरीलाई बुझाएको प्रमाणलाई पनि त्यतिकै खारिज गर्न सकिँदैन।
आयशाले इस्लामिक प्रक्रियाअनुसार भएको बिहेको प्रमाण पत्रसमेत प्रहरीलाई बुझाएकी छन्। त्यसमा सोएबको हस्ताक्षर छ। त्यसबाहेक उनले आफू र सोएबबीच हँुदै आएको टेलिफोन वार्तालापको एक सिडी पनि प्रहरीलाई बुझाएकी छन्। दुबै प्रमाणको सत्यतथ्य पत्ता लगाउन हैदराबाद प्रहरीले त्यसको जाँच गरिरहेको छ। यदि त्यसमा सोएबको गल्ती भेटिएमा सोएब त समस्यामा पर्छन् नै सानिया पनि असजिलो स्थितिमा पर्ने देखिन्छ।

Posted by on Apr 7th, 2010 and filed under युवा वहस भिडियो. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response by filling following comment form or trackback to this entry from your site

Leave a Reply

युवा बहस डटकम मा रहनु भएका पाठकहरु

यो स्थान 160x600 साइजको विज्ञापनका लागि खाली छ ।