नेपाल अफगानिस्तानसँग फाइनलमा पराजीत

खेल समाचार | Yuba Bahas | April 9, 2010 at 1:19 pm


कुवेतमा जारी एसीसी ट्रफी एलाइट २०१० क्रिकेटको फाइनल खेलमा नेपाल अफगानिस्तानसँग ९५ रनले पराजीत भएको छ।नेपाल प्रतियोगिताको उपविजेतामा सीमित रह्यो ।अफगानिस्तानले पहिलो पल्ट उपाधि जितेको हो । पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सवै विकेट गुमाउदै २ सय २४ रन बनायो । उसकालागि के सिद्धिकले सर्वाधिक ५८ रन बनाए । नेपालका विनोददाशले सर्वाधिक ३ विकेट लिए ।

जवाफमा अफगानिस्तानले बनाएको २ सय २४ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४० ओभरमा १ सय २७ रनमा अल आउट भयो। नेपालका लागि शरद भेषावकरले सर्वाधिक ३५ र उपकप्तान ज्ञानेन्द्र मल्लले ३० रन जोडेका थिए। यस अघिको संस्करणमा पनि तेस्रो स्थानको लागि भएको खेलमा अफगानिस्तानले नेपाललाई हराएको थियो ।

यस अघि सेमिफाइनलमा नेपालले मलेसिया तथा अफगानिस्तानले डिफेन्डीङ च्याम्पियन हङकङलाई हराएको थियो । यसअघिका संस्करणमा नेपाल र अफगानिस्तान तेश्रो स्थानका लागि भिडेका थिए । त्यसमा अफगानिस्तान ३ विकेटले विजयी भएको थियो । फाइनलमा नेपाल दोश्रोपल्ट र अफगानिस्तान पहिलोपल्ट फाइनलमा पुगेको हो । एसीसी ट्रफी एलाइट कपको सेमीफाइनल खेलमा नेपालले मलेसियालाई ८ रनले जितेको थियो ।

Leave a Reply