दक्षिण एसियाली पदक विजेता खेलाडी सम्मानित
खेल समाचार | Yuba Bahas | April 10, 2010 at 8:50 am११ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सहभागी भई पदक जित्न सफल खेलाडीलाई एक कार्यक्रमवीच नगद पुरस्कारसहित सम्मान गरेको छ ।
च्याङ्गथली क्लब टिकाथलीकेा आयोजनमा भएको सम्मान तथा नगद पुरस्कार वितरणका कार्यक्रममा भर्खरै भारतको जयपुरमा भएको चौथो राजिव गान्धि अन्तराष्ट्रिय जुडो प्रतियोगितमा पदक जित्न सफल खेलाडीलाई समेत नगदसहित सम्मान गरकेा छ ।
टिकाथलीबाट ११ औ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा जुडो खेलमा सहभागी भई राजन जोशिले काश्य पदक प्राप्त गरेका थिए भने भारतको जयपुरमा भएको चौथो राजिव गान्धि अन्तराष्टिय जुडो प्रतियोगितमा सहभागी भई एलेन महर्जनले काश्यपदक प्राप्त गरकेा थिए ।
प्रतियोगितामा पदक जित्न दुवै खेलाडीलाई नगद चार हजार सहित सम्मान गरिएको थियो । कार्यक्रममा टिकाथलीबाट बिभिन्न खेलमा सहभागी खेलाडीहरुलाई समेत सम्मान गरिएको थियो ।
महाकाली मधेस स्वाभिमान यात्रा जिल्ला सदरमुकाम जलेश्वरबाट मनरा पुगेकै समयमा आयोजित पत्रकारसम्मेलनमा पार्टी सहअध्यक्ष लक्ष्मणलाल कर्णले मधेसलाई खण्डित गर्ने षडयन्त्र भइरहेको उल्लेख गर्नुभयो ।



Tweet This
Digg This
Save to delicious
Stumble it














