बिहे गरेपछि सानियाको टेनिसमा जोडी को?

खेल समाचार | Yuba Bahas | April 12, 2010 at 6:43 am


भारतीय टेनिस सुन्दरी सानिया मिर्जाले पाकिस्तानी क्रिकेट खेलाडी सोएव मलिकसँग बिहे गरेपछि मिक्स डबल्स स्पर्धाका लागि युवा पाकिस्तानी टेनिस खेलाडी आइसम उल हकसँग जोडी बनाउन सक्ने छिन्। जिओ न्यूजसँगको एक अन्तर्वार्ताका क्रममा हकले आफूले हालैका वर्षमा मिक्स डबल्सका स्पर्धामा राम्रो प्रदर्शन गर्दै आएको बताउदै आफ्नो वरियताक्रम सुधारिए सानियासँग खेल्न सक्ने बताए।

‘यदि हामी दुबैले वरियताक्रमको माथिल्लो ४० स्थान भेटाउन सकेमा हामी मिक्स डबल्समा साथी हुन सक्छौँ’, हकले भने।क्रिकेट खेलाडी मलिकसँग सानियाको बिहेका बारेमा प्रतिकृया दिदै हकले भने स्टार जोडीका लागि आफू निकै खुसी भएको र उनीहरूको सुखद भविश्यको कामना गरेका बताए। सानियाले सोएवसँग बिहे गर्ने समाचारसँगै उनी भविश्यमा पाकिस्तानका लागि खेल्ने अनुमान पनि वाहिर आएको थियो।

पाकिस्तान टेनिस महासंघ (आइटिएफ)का प्रमुख सिनेटर दिलावर अब्बासले पनि आफूले सानियालाई पाकिस्तानी राष्ट्रियता अंगालेर भविश्यमा पाकिस्तानको प्रतिनिधित्व गर्न अनुरोध गर्ने बताएका थिए।दिलावरले एसियाली महिलाले परम्परालाई पछ्याउदै आफ्नो पतिको देशलाई घर मान्नु पर्ने बताएका थिए।

उता सानियाले भने बिहेपछि पनि आफूले अन्तर्राष्ट्रिय स्तरमा भारतकै प्रतिनिधित्व गर्ने बताएकी थिइन्।उता अल इन्डिया टेनिस संघ (एआइटिए)ले पनि सानियाले बिहेपछि पनि अन्तर्राष्ट्रिय स्तरमा भारतकै प्रतिनिधित्व गर्ने स्पष्ट गरेको छ।सानिया मिर्जाले सोएव मलिकसँगको बिहेपछि पनि भारतकै प्रतिनिधित्व गर्ने उनी स्वयं र उनका अभिभावकले एआइटिएलाई बताएका छन्’, एआइटिएका महा सचिव अनिल खन्नाले स्पष्ट पारे।

Leave a Reply