सफलताका रहस्यहरु / रमाइलो जोक्सहरु पढेर एक छिन रमाइलो गरौ


@ ईंग्लिश शब्द “queue” मात्र एउटा ईंग्लिश शब्द हो जसको last को ४ वटा अक्षर हटाइदिए पनि same pronounced हुन्छ ।
@ ईंग्लिश शब्दहरु मध्य “set” शब्दको सबैभन्दा धेरै परिभाषा हुन्छ ।
@ ईंग्लिशमा “French kiss” भनेर जुन शब्द चिनिन्छ त्यही शब्द फ्रान्समा “English kiss” भनेर चिनिन्छ ।
@ Alphabetical order मा भनेको सबै भन्दा लामो ईंग्लिश शब्द “Almost” हो ।
@ Vowel बिनाको लामो शब्द “Rhythm” हो ।
@ साङ्ग्ला आफ्नो टाउको काटिए पनि धेरै हप्ता सम्म बाँच्न सक्छ ।
@ मानवको thigh को हाड्डी concrete भन्दा पनि बलियो हुन्छ ।
@ आफ्नो साँस आँफैले रोकेर आफुले आँफैलाई मार्न असम्भब छ ।
@ Iceland मा कुकुर पाल्नु कानुनको खिलाफ मानिन्छ ।
@ मानिसको मुटुको धुकधुकी एक दिनमा १,००,००० पल्ट धड्किन्छ ।
@ University of London मा गरिने सबै important meeting हरुमा “Jermy Bentham” को कँकाल (skeleton) को उपस्थिती गराइन्छ ।
@ दाँया हाते मानिस average मा बाँया हाते मानिसहरु भन्दा ९ बर्ष बढी बाँच्छन ।
@ हातीनै यस्तो जिव हो जो कहिले पनि उफ्रन सक्दैन ।
@ मानिसको शरीरको सबै हड्डीहरु मध्य एक Quarter हड्डी उसको खुट्टामा नै हुन्छ ।
@ हरेक मानिसको finger प्रिन्ट फरक फरक भए जस्तै जिब्रोको प्रिन्ट पनि फरक फरक हुन्छ ।
@ हातको नङ खुट्टाको नङ भन्दा ४ गुणा छिटो बढ्छ ।
@ महिलाहरु पुरुषहरुको तुलनामा धेरै आँखा झिम्काउछन ।
@ महनै एउटा यस्तो खानेकुरा हो जुन खानाले शरीरलाई केही हानी हुँदैन ।
@ कलर नमिसाउने हो भने coca-cola हरियो हुन्थ्यो ।
@ हातीको मुटु एक मिनेटमा लगभग ३०० पल्ट धड्कन्छ ।
@ संसारमा मानिसहरुको मृत्‍यु सर्पले टोकेर भन्दा माहुरीले टोकेर हुने गरेको छ ।
@ धेरै मानिसहरुलाई अरु खाना बाट बन्दा गाईको दुधले एलर्जी भएको पाईन्छ ।
@ उडेको बालुवाबाट रक्षा गर्ने उँटको ३ वटा परेला हुन्छ ।
@ गधाको आँखा टाउकोमा यस्तो स्थानमा छ जहाँ बाट उसले आफ्नो चारैवोटा खुट्टा एकै पल्ट देख्न सक्छ ।
@ संयुक्त राष्ट्र सँघको ६ वटा अधिकारिक भाषाहरु English, French, Arabic, Chinese, Russian र Spanish हो ।
@ देउताको नाम बाट नजुराइएको एउटै planet प्रिथिबी (Earth) हो ।
@ हामी जन्मिदा हार्मो शरीरमा ३०० प्रकारका हड्डी हुन्छन तर जब हामी बयस्क हुन्छौ तब मात्र २०६ प्रकारमा झर्छौ ।
@ डोल्फिनहरु एउटा आँखा खुल्ला राखेर सुत्छन ।
@ आँखा नचिम्लिकन हाँछ्च्यु गर्न असम्भब छ ।
@ कुखुरा सबै भन्दा धेरै १३ सेकेण्ड सम्म उडेको रेकर्ड छ ।
@ उल्लुनै यस्तो चरा हो जसले निलो कलर देखन सक्छ ।
@ जिराफले आफ्नो २१ इन्च लामो जिब्रोले आफ्नो कान आँफै सफा गर्न सक्छ ।
@ मानिस दिनमा लगभग १० पल्ट हास्ने गर्छ ।
@ Ostrich को आँखा उसको दिमाग भन्दा ठुलो हुन्छ ।

माथिमा Fact हरु मध्य कुनै एउटा झुठो छ , के तपाईंलाई थाहा छ त्यो कुन हो ?
महापुरुषहरुका कथन :

मानिसले गर्न नसक्ने काम केही छैन तर गर्नलाई मानिसलाई साहसको आवश्यकता पर्छ ।
-कार्लाईल
तिमी आँफै आफ्नो जीवन बनाउन र बिगार्न सक्छौ , सोच र गर ।
- अल्वा एडिसन
मर्नु भन्दा अगाडि केही गरेर देखाउ ।
- अरस्तु
आफ्नो भलाई चाहन्छौ भने केही काम गर , अल्छिपना त्याग तिमीले सबै पाउने छौ ।
- टिंगसन
जसले आफ्नो समय बरबाद गर्‍यो उसले यो बुझे हुन्छ कि उसको एउटा पनि इच्छा पुरा हुँदैन , उसको जीवन सदा दु:खमय बित्नेछ त्यसैले समयलाई चिन ।
- ब्रर्टेण्ड रसेल आफ्नो जीवनको यि शत्रुहरुलाई चिन
१) अल्छिपना
२) चिन्ता
३) अरुको भर
४) समयको दुरुपयोग
यि ४ शत्रु माथि बिजय पाउने कोशीस गर , तिमीले जे चाहन्छौ त्यो पाउनेछौ ।
- सँत पितर
इच्छा के हो ? तपाईंको कार्य क्षमताको पारीक्षा हो ।
- स्टेनबैक तिमीले आफ्नो खुट्टामा आँफै बन्चरो हान्छौ जब आफ्नो समय बरबाद गर्छौ र पछी तिमीलाई पश्चाताप हुन्छ । त्यसैले अहिले नै होसियार हुनु ।
- अरस्तु
मैले जे चाहे त्यो पाए तर त्यसको लागि मैले के के गर्नु पर्‍यो त्यो केवल मलाई मात्र थाहा छ , मेरो जीवन यसको प्रमाण हो – रुजवेल्ट जे भयो भई सक्यो त्यसलाई भुलीदिनु , काम गर अझै समय छ ।
- एड्गर एलन पो
उठ, तँ के चाहन्छस ? म तलाई सबै दिन्छु तर पहिला आफुले आँफैलाई चिन ।
- अरस्तु के भाग्य ईश्वरको हातमा छ ? होइन यो त अल्छिहरुको नारा हो ।
नत्र सबै कर्म्यठ ब्यक्तीहरुको भाग्य सधैं उज्ज्वल किन हुन्छ ?
- वर्डसवर्थ
अरे मानिस , आफ्नो एक सेकेण्ड समय पनि खेर नफाल , साबधान तँ पछुताउनु पर्लास ।
केही गर्नुछ भने समयको सदुपयोग गर ।
- रिचर्ड जानसन
मनको भावनाको दशाको नामनै सुख र दु:ख हो ।
- ईबने बतुता
पागल हो उ जो आफुलाई भाग्यबादी हुँ भन्छ ।
- जर्ज वर्नार्ड शा दु:ख के सुख के सबै तिम्रै हातमा छ ।
- शेक्सपियर
प्रसिद्दी प्रत्यक मानिसले प्राप्त गर्न सक्छ तर दुइ प्रकारको बाटो छन , एउटा बाटो राम्रो काम गरेर अर्को नराम्रो काम गरेर । राम्रो काम गरेर प्रसिद्दी धेरै तपस्या गरेर पनि ढिलो मात्र पाईन्छ भने नराम्रो काम गरेर रातारात । अब यो तपाईंको आफ्नो निर्णय हो कि प्रसिद्दी कसरी पाउने ?
- सैमुअल वोन
स्वास्थ्य छ त सबै छ स्वास्थ्य छैन त केही छैन ।
- लाँगफेलो
दिनहिन जीवन कायरले मात्र जिउने गर्छ , के तपाईं कायर हो ?
- माइकल फराडे

स्वास्थ्य मानिसले नै जीवनमा प्रगती गर्न सक्छ ।
- डाक्टर हार्मोन
हामी आफ्नो भाग्यको बिधाता आफु स्व्यम हौ ।
- अरस्तु

सफलताका रहस्यहरु ( स्वेट मार्डेन )
भाग्य बिधाता को ?

भाग्य के ईश्वरको हातमा छ ? होइन भाग्य अल्छिहरुको नारा हो यो ,नत्र कर्मठ ब्यक्तीहरुको भाग्य सधैं उज्ज्वल किन हुन्छ ?
-वर्डसवर्थ
हामी आफ्नो भाग्य बिधाता स्वयँ हौ ।
-अरस्तु

प्रत्यक ब्यक्तीहरुको रहन सहन अलग अलग हुन्छ । उनिहरुको कृयाकलाप पनि अलग अलग हुन्छ । कोही लखपति छन त कसै सँग खानको लागि पैसा छैन , कोही लाखौं महिनाको कमाउछन त कोही १ हजार पनि कमाउन सक्दैन ।
यो फरक किन ?
यसको एउटै जवाब आउछ – आफ्नो आफ्नो भाग्य !
भाग्य !!!
यो भाग्यले मानिसहरुलाई जती अल्मलाएर राखेको छ कि त्यती अरु केहीले पनि छैन ।
यो भाग्यको उत्पती कहाँ बाट भयो ? यसको कुनै ईतिहास छैन तर यती अबस्य हो कि केही अकर्मण्य मानिसहरुले यसको प्रचलन गरेको भने अबस्य हो ।
जो केही काम गर्दैनन , परिश्रम गर्न बाट पछि हट्छ र जसको एक मात्र इच्छा हुन्छ कि आफुसँग सित्तैमा सबैथोक आओस यिनीहरु नै भाग्यको कुरा गर्छन् ।
वास्तवमा यो भाग्य के हो कसैले बुझ्न सकेको छैन । यस्तोमा श्यालको यो कथा सान्दर्भिक लाग्छ कि माथि रुखमा झुण्डिएको अङ्गुर टिपेर खान नसकेर उसले त्यो अङ्गुरहरु अमिलो छ भनेर चित्त बुझाएर फर्कियो जबकी अङ्गुर गुलियो थियो । यसरी नै भाग्यबादी मानिसहरु सबै थोक गर्ने क्षमता भएर पनि अल्छि र कामचोर हुनाको कारण भाग्यको कुरा मानेर त्यतिकै चुपचाप बस्छन ।
जसको भाग्य तपाईं प्रबल मान्छौ त्यसको भित्री कुराहरु सबै बुझेर हेर्ने कोशीस गरौ , उसलाई सोधौ दिनचर्या हेरौ । के उसले यस्तो सफलता त्यतिकै केही नगरेर पाएको हो त ? उसले पनि रात दिन कठोर मेहनत परिश्रम गरेरै यस्तो सफलता हासिल गरेको हो । तब तपाईंलाई थाहा हुनेछ कि मानिस आफ्नो भाग्य आँफै बनाउन सक्षम छ । जे जती पनि आफु सँग छ त्यो सबै आफ्नो कर्म र सुझबुझको फल हुन्छ । हामीले उसको जस्तो कर्म र जुझबुझ सँग काम गर्न सकेनौ र हामी दशाहिन छौ । यो एक यस्तो सत्य हो कि यो कुरा इमान्दारीका साथ हामी स्विकार्न वाध्य छौ । त्यसैले सुझ बुझ र कर्मको सफलताको कुरा लाई अकर्मण्य – इर्श्यालु मानिसहरुले भाग्यको नाम दिएर राखेको छ । यसरी भाग्यको प्रचलन हुन भएको हो ।
भाग्यलाई यसरी रचना गरी सके पछि उसको जन्मदाता ईश्वर लाई बनाइयो र यो तर्क दिन थालियो कि जे जती ईश्वरले भाग्यमा लेखी दिएको छ त्यो मात्रै पाईन्छ । मानिसको आफ्नो भाग्यको अगाडि केही चल्दैन र यसको प्रमाणमा नाना प्रकारको तर्क दिन थालियो । यसरी भाग्यको नाम बाट धेरै मानिसहरुलाई अल्मलाई राखियो । एक किसिमले आफ्नो प्रगतिको पथ भाग्यको कुरा गरेर आफु स्व्यमले नै अबरुद्द गर्‍यो ।
मनुस्य नै संसारको सबै प्राणी मध्य एक यस्तो प्राणी हो जसलाई ईश्वरले सबै थोक दिएको छ । मनुस्यले प्रक्रिती गुणको अलावा आफ्नो कौशल द्वारा अफु प्राणीहरुको गुण पनि अपनाउन सक्छ । उदहरणको लागि केवल माछाहरु नै पानीमा तैरिन सक्छ मानिसहरुमा यो गुण जन्मजात हुँदैन तर उसले तैरिन सिक्न सक्छ , उड्नु पंक्षिहरुको धर्म हो तर मनुस्य हबाईजहाज बनाएर उड्न सिकी सक्यो । यसरी मानिसलाई प्रक्रितीले यसरी बनाएको छ कि उसले जे पनि गर्न सक्छ । अत: जब प्रक्रिती बाट पाएको सुबिधाको हामी लाभ हामी उठाउन सक्दैनौ त हामी भन्दा मुर्ख अरु को हुन सक्छ । प्रक्रितीले हामीलाई सबै दिएको छ यो हाम्रै कम्जोरी हो कि हामी त्यसलाई चिन्न सक्दैनौ नत्र हामी जे जती पनि चाहन्छौ त्यो हाम्रै अगाडि चारैतिर घुमिरहेको छ ।
हामीलाई के चाहिएको छ ?
यो कुरामा बिचार गरौ र गम्भिरता पूर्वक त्यसको लागि योजना बनाऔ । योजना बनाएर त्यसै अनुरुप काम गरौ , बराबर प्रयत्नशिल रहौ । एकदिन हामीले आफ्नो इच्छापुर्ती गरेरै छाड्छौ ।
आवश्यकता छ त कर्म को , श्रम , परिश्रम र साहसको ।
हामी सबै थोक पाउन सक्छौ ।
सबै थोक हाम्रो भाग्यमा लेखिएको छ । आफ्नो भाग्य बिधाता हामी आफु स्वयम हौ । हामी आफ्नो भाग्य स्व्यमले बनाउन र बिगार्न सक्छौ । अत मैदानमा आउनुहोस् , बिना संघर्ष युद्दमा केही पाईदैन । यदि हामी सँग श्रम छ, साहस छ भने हामी सबै पाउन सक्छौ । जसको लठ्ठी उसैको भैंसी भनेझै जसको कर्म उसैलाई फल । हामीले आँफै यि कुरामा बिचार गरौ निर्णय गरौ र आफ्नो सामर्थ्य बाटै सफलता प्राप्त गरौ ।

सफलताका रहस्यहरु (स्वेट मार्डेन)
जे चाहिन्छ त्यो कसरी पाउने ?
एउटा चुम्बक लिनुस् , त्यसलाई काठको नजिक लानुहोस् । के काठ चुम्बक तिर आकर्षित हुन्छ ? हुँदैन … तामा रबर सँग पनि उसको केही प्रभाब हुँदैन । अब चुम्बकलाई फलामको अगाडि लानुहोस् र हेर्नुहोस् … के असर हुन्छ ? चुम्बकले फलामलाई आफ्नो तर्फ खिच्छ , आकर्षण उत्पन्न गर्छ । प्रत्यक पदार्थमा कुनै न कुनै किसिमको चुम्बक हुन्छ र त्यो सम्बन्धित पदार्थमा आफ्नो प्रभाब पार्छ अथवा यो भनौ कि त्यसलाई आफ्नो तिर आकर्षित गर्छ । यो कुनै बस्तु जगतमा मात्र होइन चेतन जगतमा पनि लागु हुन्छ । चेतन जिवमा पनि एक अर्का प्रति आकर्षण हुन्छ । मानव पनि यसको अपवादमा छैन । मनुष्यमा पनि चुम्बक हुन्छ । उसमा पनि एक प्रकारको आकर्षण शक्ती हुन्छ र उसले त्यही पदार्थलाई आफ्नो तिर आकर्षित गर्छ जो सँग उसको सम्बन्ध हुन्छ । जुन बस्तुमा वा मनुष्य सँग हाम्रो बिचार र उदेश्यको सम्बन्ध हुन्छ त्यही पदार्थ र मनुष्यलाई हामी आफ्नो तिर आकर्षित गर्छौ ।

यो समयमा हामी सँग जे जती छ , हाम्रो घर, कुटुम्ब, ईष्ट मित्र आदी अथवा हाम्रो चारै तिर जुन बायुमण्डल छ त्यो सबै हाम्रो मानसिक आकर्षणको कारण नै बनेको हो । जब सम्म हाम्रो मनमा उनिहरु प्रती आकर्षण छ तब सम्म उनिहरु हाम्रो आफ्नो हो , जब सम्म हामीले उनिहरुलाई आफ्नो बनाएका छौ तब सम्म उनिहरु हाम्रो हुन । जब हाम्रो मन, हाम्रो आकर्षण उनिहरु प्रति सकिन्छ तब उनिहरु सँग हाम्रो नाता टुट्छ र हाम्रो लागि पराए हुन जान्छ । उदाहरणको लागि जब सम्म एक मनुष्यको आफ्नो पत्नी प्रति वा एक पत्नी आफ्नो पति प्रति आकर्षण छ तब सम्म उनिहरु पतिपत्नी हुन जब त्यो आकर्षण हराउछ उनिहरु एकअर्काको लागि पराए हुन जान्छ र दुबै आ-आफ्नो बाटो हिड्छन ।
आपसको यही आकर्षण, चुम्बकत्वको कारणले नै सम्बन्ध बनिरहेको छ । हाम्रो नाता कायम छ, एक अर्का प्रति माया छ । हाम्रो यही चुम्बकत्व नै यसको आधार हो । संसारको सबै प्राणी एक अर्काको चुम्बकत्वको कारणले नै आकर्षित छन । यो एक शाश्वत सत्य हो ।

यही आकर्षण नै हाम्रो आशा , आकाँक्ष्याहरुको आधार हो , यसैले हाम्रो जीवनको दिशा निर्देश गर्छ । यदि हाम्रो जीवनमा गरीबी, निराशा, असफलता को बिचार आईरहन्छ भने त्यसको फल पनि अबस्य पनि त्यस्तै नै भोग्नु पर्ने हुन्छ । सब आफ्नो मन बाट सफलता, आशा, र लक्ष्मीको बिचार निकालिन्छ त आफुमा उत्साह उल्लास कहाँ बाट आउछ ? मुख्य कुरा यो हो कि जब हामी आफ्नो सफलतालाई आफ्नो मनमा स्थान दिदैनौ त्यसलाई प्राप्त गर्नको लागि परीश्रमको आवश्यकता छ त्यो गर्दैनौ तब सफलता कसरी प्राप्त हुन्छ ? आफु भित्र लुकेको शक्ती थाहा नहुनाले हामी आफ्नो काममा पुरा सामर्थ्य लगाउन सक्दैनौ र यसको परिणाम यो हुन्छ कि हामी असफल हुन्छौ । यो एउटा धुर्ब सत्य हो कि कुनै बस्तुलाई प्राप्त गर्नु छ भने त्यसैको बिचार आफ्नो मनमा लिईराख्नु नितान्त आवश्यक हुन्छ । जब हामी कुनै बिषयमा सफलता प्रति सन्देह गर्न थाल्छौ तब आफ्नो सफलतालाई आफु स्वयम पर धकेल्दै जान्छौ तब यो पक्का थाहा पाउनुहोस् कि हामी सही बाटो हिंडेका छैनौ ।

यो सत्य हो कि जुन पदार्थ को कामना हाम्रो मनमा उठ्छ त्यो हाम्रो लागि प्रक्रितीले स्व्यम हाम्रो लागि सुरक्षित राखी छाडेको छ । यो कुरामा तपाईं हामी चिन्ता नगरौ कि हाम्रो जीवन निराशाले घेरीएको छ, अन्धकारमय छ । यदि आफ्नो मनमा द्रिढ ईच्छा छ, संकल्प छ र परीश्रम गर्नको लागि तयार… त त्यो पदार्थ अबस्य पनि मिल्छ मिल्छ । निरन्तर सफलताको आशा गर्नु, विश्वाश गर्नु, सफलताको सपना सधैं देख्नु नै सफल हुने सुत्र हो । सफलताको बाटोमा शुरुमा असफलता हात पर्न सक्छ तर असफलता सँग कहिले पनि निराश हुनु हुँदैन । असफलतालाई आफ्नो मन बाटै निकाली दिई फेरी नयाँ उत्साह उमङग र साहस लिएर काममा लाग्नु सफलता तपाईंको सामु आएरै छोड्छ ।

कुनै नयाँ काम थालनी गर्न कुनै प्रतिक्ष्याको आवश्यक्ता छैन, कुनै साइत जुराइ राख्नु पर्दैन । प्रत्यक घडी शुभ छ जब उठ्यो तब बिहान भने झै बिहान हुने प्रतिक्ष्या नगरौ । अल्छिपना र नैरास्यताको निन्द्रा त्यागेर आजै जागौ र आफ्नो काम शुरु गरौ । आजै निर्णय गरौ र काम शुरु गरौ , तपाईं सँग केही छैन त के भयो द्रिढ सँकल्प त छ नि । यो नै सबै भन्दा ठुलो सम्पत्ति हो पुँजी हो जो कहिले सकिदैन र कसैले खोस्न सक्दैन । आफ्नो यही पुँजी लगाएर तपाईं सँघर्ष शुरु गर्नुहोस् तपाईंको बाटो आँफै बन्दै जानेछन । तपाईं लगातार अगाडि बढ्दै जानु हुनेछ .. कुनै अभाबले तपाईंको बाटो छेक्न सक्नेछैन ।

उठ्नुहोस् , अहिले नै आफ्नो केही लक्ष्य बनाउनुहोस् । के चाहनु हुन्छ तपाईं ? जे चाहनु हुन्छ त्यो पाउनुहोस् , आफ्नो हात अगाडि बढाउनुहोस् ,सबै मिल्नेछ । कुनै सोच बिचार को आवश्यकता छैन ईश्वर तपाईंको साथ छ र सफलता बिजयमाला लिएर तपाईंको प्रतिक्ष्या गरिरहेछ ।

सफलताका रहस्यहरु ( स्वेट मार्डेन )
आफुलाई चिन्नुस्

यस्तो ब्यक्ती शायदै कोही होला जसले आफ्नो अनुहार ऐनामा नहेरेको होस् । ऐना सँग मनिसको सम्बन्ध सधैं जसो भई रहन्छ । हामी त्यस्मा आफ्नो अनुहार हेर्छौ, श्रिङ्गार गर्छौ, आफुले आफुलाई चिन्छौ कि हाम्रो अनुहार यस्तो छ तर हामीले कहिले ऐनामा हेरेर यो प्रश्न गरेका छौ कि हामी को हौ ? के हौ ? के यि प्रश्न हामीले आफ्नो मन लाई कहिले सोधेका छौ ?

आफुले आफुलाई चिन्ने कोशीस गरेका छौ ? अनुहार बाट त आफुलाई चिनेका छौ यो अर्कै कुरा भयो तर आफ्नो वास्तविक रुपलाई चिन्नु अर्कै कुरा हो । दर्शनिकहरु भन्छन कि मानिसले आफुले आफुलाई चिन्नु सब भन्दा काठिन कार्य हो । जो कोहि मनुस्यले आफुले आफुलाई चिन्न सक्दैन । मानिसहरु सधैं आफ्नो बाहिरी रुप को भ्रममा रहन्छ । वास्तवमा जती खेर जसले आफुले आफुलाई चिन्छ त्यती खेर मात्र उ मनुस्य ठहरिन्छ । त्यती खेर उसले आफ्नो सम्पूर्ण गुण, शक्ती थाहा पाउछ । आफ्नो आत्मा बोध हुने बित्तिकै उ तुरुन्तै उन्नती प्रगती तिर लम्किन्छ ।
सफलताको रहस्यहरु ( स्वेट मार्डेन )

शँका र अबिश्वास

शँका र अबिश्वासले भरिएको हृदय जीवनमा सफलताको लछ्य प्राप्त गर्न असमर्थ हुन्छ । जिवनको अमुल्य सिदान्त यो हो कि यदि आफ्नो सफलता प्रती शँका गर्न थालिन्छ भने कहिले पनि पूर्ण सफलता पाउन सकिदैन । ठीक यसैगरी जसरी आकाश तिर ढुँगा फ्यक्दा त्यो ढुङ्गा आकाश तिर नगइकन भुइ तिर खस्छ ।

आत्मबिश्वासको अभाबमा भगवानले पनि मानिसको मद्घत गर्न सक्दैन । सफलता प्राप्त गर्न काम प्रती भरोसा राख्न जरुरी छ । जुन मानिसमा आत्मबिश्वासको कमी हुन्छ वा सफलता प्रती आफ्नो मन मा शँका हुन्छ त्यो मानिस कहिले पनि सफल हुँदैन । सफलता पहिला मनमा आउनु जरुरी छ जब आफ्नो मननै सफलता प्रती शँकाले भरिएको छ त सफल कसरी हुन सकिन्छ ।
आत्मबिश्वासी र आत्मबिश्वासहिन ब्यक्तिमा आकाश जमिनको फरक हुन्छ । एउटाको बाटो सफलता तिर लम्किन्छ भने अर्कोको बाटो पराजय तिर । हामीमा आत्मबिश्वास जती जती बढ्दै जान्छ कार्य सक्ती पनि उती उती निखारिदै आउछ । त्यसैले आफ्नो विश्वाश लाई द्रिढ राखु पर्छ । जुन कुरामा पनि शँका र अबिश्वास गरेर हेर्नु हुँदैन । शँका र अबिश्वासलाई मन बाटनै त्याग्न सके जीवन अबस्य पनि सफलता तिर अग्रसर हुन्छ ।

सफलताका रहस्यहरु ( स्वेट मार्डेन )
सपना र इच्छाहरु
यस्तो को मानिस छ जसले सपना देख्दैन , इच्छाहरु पाल्दैन ? संसारमा कोही पनि मानिसहरु यसको अपबादमा छैन । सडकमा कुष्ठ रोगले ग्रस्ट रोगी भिखारी पनि महलको राजकुमारको सपना देख्छ र यो कल्पना गर्छ कि महलको शानदार जीवन ब्यतित गरी रहेछ । सपना र इच्छाहरुलाई कसैले रोक्न सक्दैन । धनी होस् या गरीब सपना सबैले देख्छ इच्छाहरु सबैले राख्छ । सपना र इच्छाहरु बिना मान्छे बाँच्न सक्दैन ।

यही सपना र इच्छाहरुले नै मानिसलाई जिवित राख्छ र हर प्रकारले सपनाहरु र इच्छाहरुलाई पुरा गर्न प्रयत्नशिल रहन्छ र यसैले आफ्नो जीवन जिउन र संघर्श गर्न प्रेरणा दिन्छ । मानिसको सपना र इच्छाहरुको कुनै सिमा छैन , एउटा सपना वा इच्छा पुरा हुन्छ त फेरी अर्को सुरु हुन्छ । हामी सपना र इच्छाहरु राख्छौ जब हामी आफ्नो भन्दा धेरै खुशी सम्पन्न मानिसलाई देख्छौ र हामीमा इर्ष्या पलाउछ । हामी पनि त्यो मानिस झै सुख सम्पन्न हुन चाहन्छौ र जब त्यो प्राप्त गर्न सक्दैनौ हामी परिस्थिती सँग हार मन्छौ । यो सोच्न थाल्छौ कि सबै आफ्नो आफ्नो भाग्यको खेल हो । त्यो मानिसको भाग्यमा सबै लेखेको छ मेरोमा छैन ।

बस्तुत: यो भाग्य शब्दले मानिसलाई सबै भन्दा भ्रममा राखेको छ , गुमराह गरेको छ । अधिकाँस मानिसहरुलाई यो कुरा दिमागमा बसेको छ कि जो भाग्यमा लेखेको छ त्यो मात्र पुरा पाईन्छ , बिना भाग्य केही पनि पाइदैन । सुख सम्पत्ति सबै भाग्यकै खेल हो । मान्छे भाग्यको अधिनमा छ । अत: हामीले आफ्नो सारा सपना र इच्छाहरुलाई भाग्यको हातमा सुम्पेका छौ । सपनाहरु पुरा हुनु नहुनु भाग्यमा निर्भर रहेको सोच्छौ ।

तर्कको गहिराइमा र व्यबहारको जीवनमा भाग्य सम्बन्धी धारणाहरु एकदम झुठो पाइएको छ । यस्तो धेरै मानिसहरु यो संसारमा छन जसको हातमा न भाग्य रेखा छ न सुर्य रेखा । यसको बाबजुद ति मानिसहरुको जीवन सुखी सम्पन्न र सम्रिद्द छ । धेरै जसो मानिसहरुको हातमा जीवन रेखा सम्म छैन तर त्यही मानिस लामो आयु बाँचेको पाइएको छ ।

त्यसैले हामीले यो कुरा गहिरिएर सोच्नु आवश्यक छ कि हस्तरेखा र भाग्य केही पनि होइन, यसबाट जीवनमा केही पनि प्रभाब पर्दैन । हाम्रो सपनाहरु र इच्छाहरुमा भाग्यले कुनै प्रभाब पार्दैन । यसो त यो कुरा प्रमाणित भई सकेको छ कि कर्मले भाग्य बनाउछ । त्यसैले मानिसहरुले आफ्नो सपनाहरु र इच्छाहरु आफ्नो सामर्थ छ भने अबस्य साकार गर्न सक्छ , त्यसलाई पुरा गरेर देखाउन सक्छ ।

सफलताका रहस्यहरु ( स्वेट मार्डेन )
आत्म विश्वासको फल

सभ्यताको आस्चर्यजनक बिकासको ईतिहास उनिहरुको अनगिन्ती ज्ञात अज्ञात प्रयत्नको फल हो । जसले अनेक समस्याहरु सँग लडेर मनुस्यलाई ढुङे युगबाट निकालेर आजको रकेट्को युग सम्म लिएर आएको छ । यिनै कर्मठ मानिसहरुले जे कष्ट गरेको छ जे समस्या भोगेको छ , के हामीले त्यस्को कल्पना मात्र गर्न सक्छौ ? कती कष्ट गरेर उनिहरुले हामीलाई त्यो जङली ढुङे युग बाट अहिलेको कम्प्युटरको युग सम्म ल्याइ पुर्याएको होला । यती यि कर्मठ मानिसहरु आफ्नो मुक साधाना नलागेको भए के आजको मनुस्यको यो रुप हुन्थ्यो त ?

सफलता घर बसेर पाइदैन । सफलता पाउनको लागि ढ्रिढ आत्म विश्वासको आबस्यक्ता पर्दछ । प्रक्रिती स्व्यमले हामीलाई यो कुराको शिक्षा दिन्छ कि सफलताको रहस्य के हो ? कुनै रुखलाई उम्रिन पहिले बिउ छर्न आवश्यक छ , त्यसै गरी सफलता पाउनको लागि पहिला त्यस्को बिउ छर्न आवश्यक छ । हाम्रो सम्पूर्ण ज्ञान, योग्यता यदी हामीमा आत्मबिश्वास छैन भने सबै ब्यर्थ हो , आत्मबिश्वासको अभाबमा त्यो योग्यता र ज्ञानले कहिले साथ पाइदैन ।

यो कुरालाई अबस्य मनन गर्नु आवश्यक छ कि छोरी भएको धन पाउन सकिन्छ , कठिन देखी कठिन रोगको उपचार सम्भब हुन्छ तर आफ्नो आत्मबिश्वास हरायो भने त्यो पाइने छैन । आत्मबिश्वासले नै सफलताको सबैभन्दा ठुलो शक्ती हो ।

संसार आँफै बदलिने होइन त्यसलाई बदल्नु पर्छ जब हामी त्यसलाई बदल्ने कोशीस गर्छौ तब न यो सम्भब हुन्छ । यदी मानिसमा आत्मबिश्वास रुपी शक्ती छ भने जे पनि गर्न सक्छ । संसारमा यस्तो कुनै काम छैन जो मानिसले गर्न सक्दैन । मानिसले सबै गर्न सक्छ त्यसको यथेस्ट प्रमाणहरु हाम्रो सामु छ ।

सफलताका रहस्यहरु ( स्वेट मार्डेन )
मनको सँकल्प

आफ्नो जीवनमा सफलता प्राप्त गर्ने ब्यक्ती कुनै बिशेष या दैब सक्ती लिएर आएको हुँदैन । उ पनि तपाईं हामी जस्तै नै हो । आखिर सफलताको रहस्य के हो ? उनिहरु सफल किन हुन्छन र तपाईं हामी किन असफल ? यदी तपाईं इमान्दार भएर उनिहरुको र आफ्नो जीवन दाजेर हेर्नु भयो भने अवस्य थाहा लाग्नेछ कि रहस्य के हो ? सफल मानिसहरुलाई देखेर हामी उ प्रती ईर्श्याको नजरले हेर्न थाल्छौ तथा उ प्रती आस्चर्य प्रकट गर्न थाल्छौ तर त्यस ब्यक्तिको जीवनलाई नजिक बाट हेर्न सक्दैनौ कि जसको कारण त्यो मान्छे यती सफल छ । सफलताको रहस्य केवल उसलाई मात्र थाहा छ जो त्यो ब्यक्तिले प्राप्त गरिसकेको छ । उसलाई थाहा छ कती काठिन परिश्रम र संघर्षको कारण उसले यो सफलता प्राप्त गरेको छ ।

धेरै जसो मानिसलाई यो भ्रम छ कि कुनै ब्यक्तिको सफलताको पछाडि उसको पारिवारिक बातावरण, प्रशिक्षण, शिक्षा, दिक्षा र सम्पत्तिको महत्व हुने गर्छ । मानिसलाई यो भ्रम छ कि नेताको छोरा नेता, साहुको छोरा साहु र धनी बाबुको छोरा धनी नै हुन्छ तर वास्तविकता यो होइन । केही हद सम्म यो कुरालाई मान्न सकिन्छ तर उसमा गुण र सामर्थ छैन भने उसले के गर्न सक्छ ?

सफलता प्राप्त गर्नुमा सबभन्दा महत्वपूर्ण योगदान मनको रहन्छ । जब सम्म मनले सँकल्प लिदैन कि म के गर्न सक्छु गरेरै छोड्छु , केही गर्न सकिदैन । मनमा बलियो र द्रिढ सँकल्पको साथ साथै सधैं सुबिचार राख्न पनि जरुरी छ । सुबिचारले नै मानिसको जीवन स्वस्थ र ब्यक्तित्वशाली बनाएर राख्छ । केही समयको लागि तपाईंले यसो गरेर हेर्नुस् तपाईंले अबस्य महसुस गर्नु हुनेछ कि तपाईंको स्वास्थ र ब्यक्तित्व चम्किन थालेको छ ।
सफलताका रहस्यहरु ( स्वेट मार्डेन )
विश्वासको चमत्कार
मह बनाउने माहुरीसँग जो पनि परिचीत छन । सबैलाई यो राम्रो सँग थाहा छ कि माहुरिले कसरी तिल तिल गरेर मह जम्मा पार्छ । माहुरीले कही बाट एकै चोटि मधुको भन्डार पाएको हुँदैन । उसको चाकामा भरिएको मह उसको मेहनतको परीणाम हो । त्यसै गरी तपाईंले पनि तिल तिल गरेर सफलताको मह जम्मा गर्नु छ । कसैले तपाईंलाई सफलता तपाईंको हातमा दिन आउने छैन । मह बनाउने माहुरीले झै परीश्रम गर्ने बारे सोच्नुस् सफलताले तपाईंको कदम अबस्य चुम्नेछ परीश्रम कसरी र कती गर्ने त्यो तपाईं आफुमा भर पर्छ , जती धेरै परीश्रम त्यती धेरै सफलता हात पर्ने निशित छ । परीश्रमको साथ साथमा आफुमा आफ्नो परीश्रम प्रती विश्वाश हुनु पनि जरुरी छ । विश्वासको आफ्नै महत्व छ ।

विश्वास एउटा चमत्कारको नाउ हो । जब विश्वास गहिरो सँग आफ्नो मनमा बस्छ तब अबस्य फलदायी नतिजा निस्किन्छ । जब सम्म आफुमा विश्वास हुँदैन हामी केही गर्न सक्दैनौ । पहिला आफुमा विश्वास गर्न सिकौ अनी मनमा प्रशन्नता लिएर परीश्रम गरौ ।

प्रशन्नता ईश्वरले दिएको एक उच्चकोटिको बरदान हो । यसले मानिसलाई अतिरिक्त सक्ती प्रदान गर्छ । प्रशन्नतालाई जब विश्वासको साहारा मिल्छ तब एउटा नयाँ शक्तिको उत्पती हुन्छ । विश्वास एक प्रकारले राम बाण जस्तै हो । अटुट विश्वास जीवनको हरेक इछ्या पुरा गर्न मदतगार साबित हुन्छ । विश्वास एक चमत्कारी भावना हो । यदी आफुलाई विश्वास छ कि अमुक कार्य भएरै छाड्छ त्यो काम प्रयत्न गरेमा अबस्य पुरा हुन्छ । विश्वासले मानिसलाई बल दिन्छ, शक्ती दिन्छ, काम गर्ने क्षमता दिन्छ । यदी आफुलाई विश्वास छैन त्यो काम हुन्छ कि हुँदैन भनेर भने उक्त काम गर्ने इछ्या हुँदैन प्रयत्न गरिदैन र त्यो काम कहिले पुरा हुँदैन । त्यसैले आफुले आफुलाई विश्वास गर्ने बानी बसालौ ।
एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो :
” हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?
स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि ।
एउटा बच्चा एउटा किताब एकदम ध्यान दिएर पढि रहेको थियो जसको शिर्षक थियो ” बच्चाहरुको पालन पोषण कसरी गर्ने ”
आमा : हैन तैले यो किताब किन पढ्दै छस ?
छोरो : म यो जान्न चाहन्छु कि मेरो पालन पोषण राम्रो सँग भई रहेको छ कि छैन भनेर ।
एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ ।
कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त
साहुजी : ल यो लिनुहोस् राम्रो छ
कन्जुस : कती पर्छ यसको ?
साहुजी : ५००
कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।
एउटा चोर एउटा धनी मान्छेकोमा चोरी गर्न गएछ । सेफमा यो लेखेर टासिएको थियो ” सेफ फुटाउनु जरुरी छैन , ४५२ नम्बर थिचेर अगाडिको रातो बटन प्रेस गर्‍यो भने सेफ आँफै खुल्नेछ । जब त्यो चोरले बटन दबायो अर्लाम बज्यो र पुलिस आएर त्यो चोरलाई समातेर लग्यो ।
जादा जादै चोरले त्यो साहुजीलाई भन्यो ” आज बाट मलाई मान्छेहरु सँग विश्वाश हरायो । ”
स्वास्नी : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो , यसरी पनि पिउनु हुन्छ ?
लोग्ने : के गर्नु सबै गलत संगतको असर हो , ४ जना साथी १ बोटल रक्सी , ३ नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।
राम : डाक्टरले मलाई च्यालेन्ज गरेको थियो कि एक महिना भित्र मलाई आफ्नो खुट्टामा उभ्याइ दिनेछ ।
श्याम : हो र अनी के उसले साचै सक्यो त यस्तो गर्न ?
राम : अ , उसको बिल तिर्नको लागि मलाई आफ्नो कार बेच्नु पर्‍यो ।
एउटा साथी अर्को सँग : यार तिमीले झुठ समात्ने मेसिन देखेको छौ ?
अर्को साथी : देखेको मात्र हैन मेरो घर मै छ
साथी : हो र ?
अर्को साथी : हो नि मैले त्यही मेसिन सँग त बिहे गरेको छु ।
लोग्ने : तिमीसँग बिहे गरेर मलाई एकदम फाईदा भएको छ ।
स्वास्नी :( खुशी हुँदै ) हो र कसरी नि ?
लोग्ने : मलाई मैले गरेको पाप को सजाए म जिउदो हुँदै पाई रहेको छु नि त ।
पुलिश :( डाँकालाई ) भोली बिहान ५ बजे तिमीलाई फासी दिईनेछ ।
डाँका : हा हा हा
पुलिश : ओए किन हाँस्दै छस ?
डाँका : किन भने म त बिहान ८ बजे सम्म सुतिरहेको हुन्छु ।
एउटा बच्चा धेरै बेर देखी एउटा ढोकाको बाहिरको घन्टीको बटन थिच्ने कोशीस गर्दै थियो तर सकिरहेको थिएन । एउटा बुढा मान्छेले यो देखेछ र बच्चाको अगाडि आएर सोधेछ ।
बुढा : बाबु तिमी के गर्दै छौ ?
बच्चा : अंकल यो घन्टी बजाउन चाहन्छु ।
बुढा (घन्टीको बटन थिच्दै) : ल बाबु मैले बजाइदिए, अब के गर्नु ?
बच्चा : अब भागौ …….
केही रमाइला नेपाली चुटकिलाहरु
३ जना गफाडीबच्चाहरु गफगर्दा
पहिलो बच्चा:-यार हाम्रो बा ले हलो जोत्यो भने धर्तिनै फाट्छ यार।
दोस्रो बच्चा:- तेरो बाउ त के हो र हाम्रो बा ले त प्लेन उडायो भने आकास नै फाट्छ्।
अनि तेस्रो बच्चा:- तिमीहरुको बाउ त के हो र, हाम्रो बा ले त झन् पादयो भने कट्टुनै फाट्छ।

शिक्षक : चोरिको फल एकदम नराम्रो हुन्छ त्यसैले कहिले पनि चोरी नगर्नु
रामले बिचमै उठेर भन्यो तर सर हिजो मैले एउटा स्याउ चोरेर खाएको थिए त्यो त एकदम मिठो थियो त ।

रामलाई उसको साथीले सोध्यो , तिमीलाई थाहा छ A/C चलाऊदा कोठाको झ्याल र ढोकाहरु किन बन्द गरिन्छ ?
राम : किन थाहा नहुनु , बाहिरको मान्छेहरुले A/C को आनन्द नलिउन भनेर नि ।

एउटा पत्रीकाको सम्पादकले हिम्मत गरेर यो समाचार छापेछ कि हाम्रो देशको ५० प्रतिशत नेताहरु भष्टाचारी छन । भोली पल्ट देखी त्यो सम्पादकलाई फोनमा धम्की आउन थालेछ कि तैले छापेको समाचार सच्याउने भए सच्या नत्र राम्रो हुने छैन भनेर , सम्पादकले पनि हुन्छ म भोलिको पत्रीकामा उक्त समाचार सच्याएर प्रकाशित गर्नेछु भनेछ , भोली पल्टको पत्रीका मा समाचार छापियो ” हाम्रो देशका ५० प्रतिशत नेताहरु भष्टाचारी छैनन ”

एउटा टुरिस्ट नेपाल भ्रमण गर्न आएछ , उसले एउटा नेपाली गाईड राखेछ र घुम्न गएछ । उनिहरु घण्टाघर नजिक पुगेछ र टुरिस्टले गाईडलाई सोधेछ ” यो घण्टाघर बनाउन कती समय लाग्यो ?
गाईड : ५ बर्ष
टुरिस्ट : नेपालीहरु त साह्रै अल्छि रहेछन , हाम्रोमा भए त यो २ बर्षमा बन्ने थियो ।
रानीपोखरी देखे पछि फेरी
टुरिस्ट : यो पोखरी बनाउन कती समय लागेको थियो नि ?
गाईड : यो त १ बर्ष मै बनाइ सकिएको थियो ।
टुरिस्ट : तिमीहरु साह्रै अल्छि रहेछौ हाम्रोमा भए त यो ५ महिनामा बन्ने थियो ।
घुम्दा घुम्दै उनिहरु धरहरा नजिक पुगेछन
टुरिस्ट : यो धरहरा बनाउन कती समय लागेको थियो नि
गाईड : खै थाहा भएन, हिजो सम्म त यो यहाँ थिएन ….

प्रेमी – हैन ! तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्नु हुन्न ?
प्रेमीका – अहँ ! गर्नु हुन्न तर आमाले चाँहि साह्रै गाली गर्नु हुन्छ ।
प्रेमी – बुवाले चाँहि केही नभन्ने अनि आमाले चाँही किन त्यती धेरै गाली गर्ने नि ?
प्रेमीका – आमा आफ्नो लुगा अरुले लगाको मनै पराउनु हुन्न ।

प्रेमीका – तिमी बिहे पछि चुरोट पिउन छोड्छौ ?
प्रेमी – किन नछोड्नु अवश्य पनि छोड्छु ।
प्रेमीका – रक्सी र तास नि !
प्रेमी – त्यो पनि छोड्छु ।
प्रेमीका – बिहे अघि चाँहि के के छोड्ने विचार गरेको छौ नि !
प्रेमी – तिमीलाई !

प्रेमीका – तिमी नभएमा म बाँच्न सक्दिन तिमी म संग कहिले बिहे गर्छौ ?
प्रेमी – प्रिय म तिमीसंग अवश्य विहे गर्छु तर पहिले मलाई अफ्नो परिवार संग सोध्नु पर्छ।
प्रेमीका – के तिम्रो बुवा–आमाले मान्नु हुन्छ त ?
प्रेमी – किन नमान्नु मेरो बुवा – आमाले मेरो निजी जिवनमा चासो गर्नु हुन्न । मलाई त मेरो श्रीमती र छोराको पो डर छ त !

शिक्षिका(रामलाई): भन त आज तिमीले के राम्रो काम गरेउ ?
राम : मिस हामी ४ जना मिलेर आज एउटा बुढी महिलालाई सडक पार गरायौं
शिक्षिका : ओहो यो त साह्रै रामो काम गरेउ त तिमीहरुले तर एउटा महिलालाई सडक पार गराउन ४ जना किन नि ?
राम : किनभने त्यो महिला सडक पार गर्न चाहीरहेको थिईन नि त

श्याम : राम तिमीलाई पौडी खेल्न आउछ ?
राम : अहँ आउँदैन
श्याम ( खिसी उडाउदै ): तिमी जत्रो त कुकुरले पनि पौडी खेल्न जाँन्दछ ।
राम : तिमीलाई पौडी खेल्न आउछ त ?
श्याम ( गमक्क फुल्दै ): आउछ
राम : त्यसो भए तिमी र कुकुरमा के फरक भयो त ?

बैँक लुटी सकेर लुटेराहरुले बैँकको क्यासियरलाई पनि सँगै लान खोजेछ
क्यासियर : बैँक त लुटेए सक्यौ , अब मलाई किन साथै लान लागेको ?
लुटेरा : अब यत्रो धेरै पैसा तेरो बाउले गन्छ त ?

गीता : सिता अब म महेश सँग बिहे गर्न सक्दिन
सिता : किन तिमीले महेशलाई कुनै अर्कै केटी सँग देख्यौ कि ?
गीता : होइन महेशले चाँही मलाई अर्कै केटा सँग देख्यो …

स्वास्नी : “हिजो राती निन्द्रामा तिमी मलाई गाली गर्दै थियौ नि!”
लोग्ने : “तिमीलाई भ्रम पर्यो जस्तो छ।”
स्वास्नी : “कस्तो भ्रम??”
लोग्ने : “म निदाएको थिए भनेर!!”

बाबु आमा र छोरा बजार घुमने क्रममा छोरालाई आईस्क्रिम किनीदिएछ र छोराले त्‍यो आईस्क्रिम खानै नपाई खसेछ छिटो-छिटो टिप्‍नखोज्‍दा आमा चाँहीले भनेछ :छि खसेको चिजलाई नटिप म अर्कै किनिदीउला
अनि एकछिनपछी हिड्‍दा हिड्‍दै बाबु चाही लडेछ हत्‍त पत्‍त आमाले उठाउन खोज्‍दा छोराले भनेछ
खसेको चिजलाई नउठानुस आमा म अर्कै बुबा खोजिदिउला ।

तीन चार जना मध्ये दुई जना झगडा गरिरहेका थिए ।
पहिलोले भन्दै थियो ,’ एक बक्सिङ्ग हानेर तेरो ६४ वटै दाँत भुँईमा खसाली दिन्छु ।
झगडा नगरेको अर्कोले हाँस्दै प्याच भन्यो ,’
मान्छेको पनि ६४ वटा दाँत हुन्छ र ??’
‘चुप लाग !! त बिचमा बोल्छस् भन्ने थाहा भएर नै तेरो दाँत पनि अगाडीनै गनेको हो ।’ पहिलोले भन्यो ।
रमाइलो जोक्सहरु पढेर एक छिन रमाइलो गरौ
एउटा आर्मीको पार्टिमा पार्टी सकिए पछि एउटा सैनिक बियर आफ्नो सर्टमा लुकाउदै थियो । यो एउटा मेनेजरले देखेछ र रिसाउदै भनेछ : यो तिमी के गर्दै छौ ? बियर सर्ट भित्र किन लुकाएको ?
सैनिक : सर तपाईं आँफैले नै भन्नु भएको होइन , जसलाई तिमी मार्न सक्दैनौ त्यसलाई बन्दी बनाउनु भनेर …

युद्दको समयमा एक सिमावर्ती गाउँमा दुश्मनको एउटा फौज घुस्यो । गाउँको सबै तरुनी केटीहरु उनिहरु सँग बच्न गाउँको बाहिर एउटा सुरक्षित ठाउमा भाग्न थालेछन , एउटा बुढी महिला पनि उनिहरु सँगै भाग्न थाले ।
एउटा केटीले सोधेछन : आमा तपाईं किन भाग्नु भएको ? खतरा त हामी तरुनी केटीहरुलाई पो छ त ..
बुढीले भनेछन : तिमीले देखिनौ त्यो फौजमा एउटा बुढा पनि छ ।

शिक्षक : राम भन त काल कती प्रकारको हुन्छ ?
राम : ३ प्रकारको सर
शिक्षक : स्याबास , अब तिनै वटाको एउटा एउटा उदाहरण देउ त
राम : सर , मैले हिजो तपाईंको छोरीलाई देखेको थिए , आज म उनिलाई माया गर्छु र भोली म उसलाई भगाएर लानेछु ।

शिक्षक : राम तिमीलाई किन गणित बिषय राम्रो लाग्दैन ?
राम : किन भने त्यसमा खाली समस्यै समस्या हुन्छ ।

दुई जना पागल कुरा गर्दै थिए
पहिलो : यार म यो संसारको सबै हिरा मोती किन्ने बारे सोची रहेको छु ।
दोश्रो : होइन म तिमीलाई त्यो बेच्दै बेच्दिन कसरी किन्छौ ?

एउटा केटीले आफ्नो दिदी सँग सोधेछन
बहिनी : दिदी यो दुल्हा भनेको के हो ?
दिदी : दुल्हा सँग बिहा गरिन्छ , यदि तिमी ठुलि भएर राम्रो चरित्रकी भयौ भने तिमीलाई पनि एउटा राम्रो दुलहा जुर्नेछ ।
बहिनी : यदि म राम्रो चरित्रकी भईन भने नि ?
दिदी : तिमीलाई हरेक दिन नयाँ नयाँ दुल्हा मिल्नेछ ।

प्रेमिका : के तिमी मलाई साचै प्रेम गर्छौ ?
प्रेमी : हो , साचै म तिमीलाई प्रेम गर्छु , मैले आफ्नो लिस्ट हिजो फेरी चेक गरेको थिए ।

पुलिसको एउटा अफिसरले एकदम रिसाएर सिपाहीलाई भनेछ ।
अफिसर : मैले यो सुने कि हिजो तिमीले एकदम मात्तिने गरी रक्सी पिएर सडकमा ठेला गुडाउदै खुब हल्ला मच्चायौ रे , यस्तो चर्तिकलाले हाम्रो पुलिसको के नाम रहन्छ ? तिमीले सोचेको छौ ?
पुलिस : यो त तपाईंलाई म भन्दा धेरै थाहा होला नि , ठेलामा त तपाईं सवार हुनु हुन्थो त ।

माधब नेपाल रक्सीले मातिदै सडकमा हिड्दै थियो , उनी एउटा खुट्टा दाँया र अर्को खुट्टा बाँया गर्दै लड्खडिदै हिड्दै थियो ।
त्यतिकैमा एउटा हवल्दारले देखेछ र नेपाललाई एक डण्डा हिर्काउदै भनेछ : ओई , खुट्टा समेट ठेगानमा छैन , कत्ती पिएको छस ।
नेपाल : धन्यबाद , मलाई सम्झाईदिनु भयो कि मैले पिएको छु भनेर , नत्र मैले त यो सम्झिदै थिए कि लँगडा भए भनेर ।

शिक्षक : तिमीहरुको परिक्षा नजिक आईसक्यो , अब कसैको मनमा कुनै प्रश्न छ भने सोधे हुन्छ ।
माधव नेपालको छोरा : उठ्यो र भन्यो , सर तपाईंहरु प्रश्न पत्र कहाँ छाप्दै हुनु हुन्छ ?
एकछिन हासौं (रमाइला प्रश्न उत्तर)
प्रश्नः : प्रकृतिले दिनका साथै रात किन बनाएको होला ?
उत्तर: चोर डाकाहरुको पनि जिबिका चलोस् भनेर !
प्रश्नः : हाम्रो देशमा किन एउटा पनि ठूलो मान्छे जन्मिन सकेन ?
उत्तर: संसारमै यस्तो हो, जन्मिँदा सबै बच्चा नै जन्मिन्छन् !
प्रश्नः : मैले तपाइँलाई चिनिहालेँ नि !
उत्तर : चिनि नहाल्नोस्, मलाई सुगरको समस्या छ, बरु नुन हालिदिनुस् !!
प्रश्नः प्रश्न यो हो भने उत्तर के हो ?
उत्तरः सजिलो छ, उत्तर दीशा हो ।
प्रश्नः म मेरो घर वरीपरी भुतप्रेत भएको कल्पनामात्र गर्छु, के गर्ने हो ?
उत्तरः सजिलो छ, कल्पना गर्न छोडिदिनोस् ।
प्रश्नः मोबाइल र श्रीमतीमा के फरक छ ?
उत्तरः दुइटै अर्कालाई दिन मिल्दैन, बरबाद गरिदिन्छन । खर्चपनि उत्तिकै गर्नुपर्छ, बेला बेला
चार्ज गरिरहनुपर्छ भनेर चाही भन्न मिलेन ।
प्रश्नः जतिसुकै बिद्धानले पनि यो कुरो भन्न सक्दैन ?
उत्तरः म निदाइरहेको छु, डिस्टर्ब नगर ।
प्रश्नः हरेक श्रीमतीहरु आफ्ना पतिलाई किन शंका गर्छन् ?
उत्तरः अर्काको पतिलाई शंका गर्यो भने पति फेरी पत्निलाई शंक गर्न थाल्छन् ।
प्रश्नः बाघले घाँस खान थाल्यो भने के होला ?
उत्तरः नेताहरु भोकभोकै हुन्छन् ।
प्रश्नः अफिस जाने बेलामा म त मेरी श्रीमतीलाई चुम्मा दिएर मात्रै जान्छु, तिमी नि ?
उत्तरः म त तिमी हिडेपछिमात्रै ।
प्रश्नः तिन तिन बर्षम्म एउटै कक्षामा बस्दा लाज लागेन ?
उत्तरः सरलाई १५ बर्षदेखी यही कक्षामै पढाई रहन लाज नलागेपछि मलाई के को लाज !
केही आधुनिक रिमिक्स उखान टुक्काहरु
बेला बेलामा हाम्रो मुख बाट पनि अनायास उखान टुक्काहरु निस्कन्छन । नेपाली उखान टुक्काहरु प्राय: समय सान्दर्भिक छन र हरेक उखान टुक्काहरुका कुनै न कुनै अर्थ छन । तर रमाइलोको लागि केही उखान टुक्काहरुका रिमिक्स भर्सन :-

1 न पाउनेले केरा पाको चियामा चोपेर खाको
२ पण्डितको टुप्पी न एन्टिना न एरिएल
३ भन्सारमा सुन छ लिन गए हुन्छ
४ अर्थ न बर्थको पप गीत गाई , घर छ झुपडी घाटीमा टाई
५ आमा बाबुको मन छोरा छोरी माथि , छोरा छोरीको मन डिङगो जुत्ता माथि
६ जसले बियर फोर्छ , उसको हात गनाउछ ।
७ नशा भनेको सुर्तीले पनि दिन्छ ।
८ आफ्नै छोरी नखर्माउली टन्नेरीलाई दोष
९ खुस्किन लागेको हाकिमलाई पिउनले पनि लखेट्छ
१० १२ छोरा १३ नाती , बुढोको मन तरुनी माथि
११ मनको लद्दु बियर सँग खा
१२ जाडो भयो राती अनी बुढी ताती
१३ जस्ता लाई तेस्तै पाउरोटीलाई निस्तै
१४ जुन नेता आए पनि घुस खान नछाड्ने
१५ कस्ता कस्ता कहाँ गए मुसाको बच्चा दरबारमा
केही रमाइला जोक्सहरु
भिखारी : साहब, एक रुपैयाँ दिनुस् । साहब : तिमीलाई लाज लाग्दैन ? सडकमा उभिएर भिख माग्नलाई ?
भिखारी : अनी के तेरो एक रुपैयाँको लागि म अफिस खोलौ त ?

स्वास्नी : तिमी मलाई कती माया गर्छौ ?
लोग्ने : शार्जहा जती
स्वास्नी : तेसो भय म मरेपछी तिमीले पनि मेरो सम्झनामा ताजमहल बनाउछौ ??
लोग्ने : मैले त प्लट पनि किनी सके ढिलो त तिमीले पो गरेकी छौ त …

एकचोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ । हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे (MILLIPEDE) ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् । खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधे; “कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?” “पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई, तर के गर्ने, बिचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।”

रामश्याम र हरी बसेर गफ गरी रहेका थिए । एतिकै मा एकजना कुइरे आयो र उनिहरुसँग बसेर ठुलो ठुलो कुरा गर्न थाल्यो । त्यो कुइरेले राम लाई सोध्यो तिमिलाई सबभन्दा राम्रो लाग्ने फूल के हो ?”गुलाफ”रामले जवाफ दियो । कुइरेले फुइँ लगाएर भन्यो म त त्यसले दिसा गर्दा खेरी आफ्नो चाक पुच्छु । श्यामले भन्यो “जस्मिन” कुइरेले फेरी भन्यो म त्यसले पनि आफ्नो चाक पुछ्ने गर्छु । कुइरेले हरीलाई पनि सोध्यो तिम्रो नि ? हरिले जवाफ दियो”क्याक्टस” ल अब पुछ तिम्रो चाक क्याक्टसले ….

बाबु : छोरा तैले गधा देखेको छस ??
छोरा : देखेको छु ड्याडी ..
बाबु : अनी उल्लु नि ??
छोरा : त्यो पनि देखेको छु ड्याडी … किन सोध्नु भएको ड्याडी ?
बाबु : तँ त्यस्तै छस त्यसैले
छोरा : तर ड्याडी , मम्मीले त भन्नु हुन्छ म तठ्याकै तपाईं जस्तो पो छु भनेर …

एकजना मुर्ख डाक्टरको मा आफ्नो दुबै कान पोलेर देखाउन गएछ । डाक्टरले सोधेछ , तपाईंको दाँया कान कसरी पोल्यो ? मुर्खले जवाफ दिएछ , म iron लाउदै थिएँ त्यतिकै मा फोनको घण्टी बज्यो , मैले बिर्सेंर फोनको सट्टा iron लाईनै कानमा राखे । डाक्टर: अनी बाँया कान कसरी पोलियो त ? मुर्ख: फोनको घण्टी फेरी बज्यो नि त …

दुईजना मान्छे डाक्टरको क्लिनिकमा जचाउनको लागि बसीरहेका थिए । यत्तिकैमा एउटा मान्छे अचानक रुन थाल्यो । अर्को मान्छे छक्क पर्‍यो र
पहिलो : दाई तपाईं किन रुनु भएको ?
दोश्रो : म यहाँ रगत जचाउनको लागि आको त्यसैले रुएको ।
पहिलो :रगत जाँच्न पनि डराएर रुनु पर्छ त ?
दोश्रो : होइन डराएर होइन , रगत जाच्ने क्रममा डाक्टरले मेरो औंला काट्छ नि त्यसैले दुखने सम्झेर रुएको ।
त्यतिकैमा पहिलो मान्छे पनि रुन थाल्यो
दोश्रो : हैन तपाईं चाँही किन रुन थाल्नु भयो ?
पहिलो : तपाईं त रगत जचाउन आउनु भाको । म त पिसाब जचाउन आको त्यसैले ………….

डाक्टरः भर्खरै अप्रेशन गरेको ठाउँमा फेरि टाँका खोल्नुपर्ने भयो …
रोगी: किन डाक्टरसाप -
डाक्टर: हातमा लाउने पञ्जा भित्रै छुटेछ …
रोगी: कति लोभी हुनुपरेको हजुरलाई – लौ, लिनोस् पैंसा । बरु नयै पञ्जा किन्नुस् ।

जागीरकोलागी अन्तरवार्ता दिन गएको उमेदबार अन्तरवार्ता लिने अधिकारिलाई भन्छ
,, म आजको अन्तरवार्तामा पक्कापनि पास हुन्न यसमा सतप्रतिशत विस्वास छ ,,
अधिकारि: ,, ल त्यसो भए बाजी ठोकौ ५ हजारको ।

बच्चा:(पाहुनालाई) हजुर निकै बेर यहाँ बसिरहनुहुन्छ -
पाहुना: किन र बाबु -
बच्चा: बुवा भन्नुहुन्छ कि पाहुना नजाउञ्जेल खान नबस्ने रे । आफूलाई यहाँ कस्तो भोक लागिसक्यो

प्रेमी: तिमीसंग भेटे देखी बहुतै कम खान थालेको छु । रक्सी खान छाडें, धुम्रपान गर्दिन …
प्रेमिका: हामी बीचको प्रेमले सबै कुरो बिर्साइदियो ?
प्रेमी: प्रेमले होइन, मायालु । पैंसाको अभावले ।

मोबाईलले कँगाल
दिपक आफ्नो साथीसँग : हे भगवान यो मोबाईलले त मलाई कँगाल बनाउने भयो ।
साथी : किन र ?
दिपक : बारम्बार देखाउछ बेट्री लो बेट्री लो अहिले सम्म २५ वटा बेट्री फेरी सके ।

शेरको शिकार
स्वास्नी : यहाँ किन उभिराखेको ??
लोग्ने : शेरको शिकार गर्न जान लागेको ।
स्वास्नी : अनी जानु नि त किन उभिराखेको त ?
लोग्ने : देखिनौ बाहिर कुकुर बसी राखेको छ ।

फोनमा धमकी
एक जना मान्छे पुलिशको मा रिपोर्ट लेखाउन गएछ ।
मान्छे : सर , मलाई दिन दिनै फोनमा धमकी आईरहेको छ ।
पुलिश : को हो त्यो जसले सधैं धमकी दिई रहन्छ ?
मान्छे : टेलिफोन अफिस बाट बिल तिरेन भने लाइन काटिदिन्छु भनेर ….

लाज लाज्दैन
अनिल आफ्नो घर अगाडिको बाटोमा नाङै डौडी रहेको देखेर सुनिलले भन्यो ।
सुनिल : अनिल किन तिमी नाङै डौडेको ? तिमी लाई लाज लाज्दैन ??
सुनिल : तिमी आज चाडै घर आयौ त्यसैले ….

लामो खुशीयाली
स्वास्नी : उ त्यो रक्सी खाइरहेको मान्छे सँग मैले दश बर्ष अगाडि बिहे क्यन्सिल गरेको थिए ।
लोग्ने : ओहो यती लामो खुशीयाली ??

मुटुको राजिनामा
एउटा नेता बिरामी भएछ । डाक्टरले उसको परिक्ष्यण गरेछ र नेताले रिपोर्ट माग्न जादा डाक्टरलाई भनेछ : डाक्टर साहब मलाई मैले बुझ्ने भाषामा भन्नुस् कि मलाई के भएको हो ?? यो सुनेर डाक्टरले भनेछ : चामलको कुटनीतिको कारण मल पेटमा नै जम्मा भयो , जसले धेरै समस्याको चेतावनी दिईरहेको छ , फोक्सोले झुठो आश्वासन दिईरहेको छ र मुटुले चाडैनै रानीनामा दिनु आटेको छ ।
बर्षाको कारण
एउटा विद्यार्थी परिक्ष्या दिई रहेको थियो । अन्तिम प्रश्न थियो ” क्रिकेट खेलको comment निबन्धको रुपमा लेख । विद्यार्थी लाई के लेखु के लेखु भएछ र अन्तिममा उसले एस्तो लेखेछ । ” बर्षाको कारण आजको क्रिकेट म्याच स्थगित भयो ”

जनसंख्या बृदि
सरले बच्चाहरुलाई जनसंख्या बृदि बारे पढाउदै थियो । बच्चाअहरुले बुझुन भनेर सरले उदाहरण दिदै पढाउदै थियो । एउटा प्रसङमा सरले यस्तो भनेछ , जनसंख्या बृदिको दर कत्तिको बढीरहेछ त्यसको लागि यो सम्झ कि जब तिमीहरुले एक चोटि सास लिन्छौ नि त्यती बेला सम्ममा चिनमा ३ जना बच्चा जन्मी सकेको हुन्छ । त्यतिकैमा एउटा बच्चा बेन्चमा उठेछ र लामो लामो सास तान्न थालेछ । यो देखेर सरले अचम्म मानेर सोधेछ यो के गरेको तिमीले ? बच्चाले भनेछ सर म चिनमा बच्चा जन्माउदै छु क्या …

विश्वास
एकजन अधबैसे आईमाई आफ्नो श्रीमानलाई लिएर डाक्टर कहाँ जचाउन गएछ ।
डाक्टरले उनिलाई जचाउन भित्री कोठामा बोलाएपछि
महिला: डाक्टर साहेब , बाहिर बसेकी नर्स लाई पनि भित्र बोलाउनुस् न ।
डाक्टर : किन र , तपाईंलाई म माथि विश्वास लागेन हो ?
महिला : त्यसो होइन , तपाईं माथि मेरो पुरा विश्वाश छ तर बहिर बसेको मेरो श्रीमानको भने पटक्कै विश्वास छैन क्या ।
स्कुल ढिलो
शिक्षक : ( बिद्यार्थी सँग )आज किन स्कुल ढिलो आएको ह ?
बिद्यार्थी : सर , बुवा आमा झगडा गर्दै हुनु हुन्थ्यो त्यसैले ढिलो भयो ।
शिक्षक : अनी तिमी किन त्यही हेरेर बसेको त ?
बिद्यार्थी : नहेरेर के गरु त सर , स्कुल आउँदा लगाउने एउटा जुत्ता बुवाको र अर्को जुत्ता आमाको हातमा थियो , जुत्तै नलगाई कसरी स्कुल आउनु त ।

दिनको २०/२५ पल्ट
डाक्टर :( रोगी सँग) तिमीले धेरै चुरोट पिउछौ जस्तो छ , दिनमा कती ओटा चुरोट पिउछौ भन त ?
रोगी : त्यस्तै २०/२५ ओटा
डाक्टर : ओहो यो त धेरै भयो नि , सके सम्म चुरोट नपिउनुस् है , सक्दै सक्नु हुन्न भने बरु भात् खाइ सके पछि एक दुई ओटा पिउने गर्नुस् तपाईंको रोग निको हुन्छ ।
( चार महिना पछि रोगी मोटो घाटो भएर डाक्टर कहाँ फेरी आई पुग्छ )
डाक्टर :( आश्चर्य हुँदै ) अहो , कस्तो छ मैले भने जस्तो गरेकोले तपाईं अहिले कस्तो मोटोघाटो हुनु भएछ
रोगी : (नम्र भएर ) हुन त हो नि डाक्टर साहेब तर दिनको २०/२५ पल्ट खाना खानु भनेको कम गार्हो हुन्छ र …

नेपालको सिमाना
शिक्षक : ( क्लासमा प्रवेश गर्दै ) हिजो मैले दिएको पाठ पढेर आयौ ??विद्यार्थी : आयौ सर
शिक्षक : राम तिमी भन त बहादुर शाह को पालामा नेपालको सिमाना कहाँ देखी कहाँ सम्म थियो ?
राम : किताबको पेज ३ देखी ८ सम्म सर

डरलाग्दो कथा
कपाल काट्न सैलुन पुगेको ग्राहक हजाम सँग ” ए दाई तिमी किन सधैं मेरो कपाल कट्नु अधि डरलाग्दो डरलाग्दो कथा सुनौछौ ??
हजाम : डरलाग्दो कथा सुनाउदा तपाईंको कपाल ठाडो ठाडो हुन्छ अनी मलाई काट्न सजिलो हुन्छ नि त

भोली देखी बन्द
एकजना जड्या बिहान उठेर पत्रिका पढ्न बसेछ । पत्रिका पढ्दै जादा पत्रिकाको एउटा लेखमा उस्को आँखा पर्‍यो त्यसमा लेखिएको थियो ” रक्सी खादा हुने नराम्रो असर ” उसले त्यो लेख सबै पढेछ र एक्छिन पछि श्रीमतीलाई ” ल अब भोली देखी बन्द । यो सुनेर श्रीमतीले दङग परेर भनि ” साचै हो र भोली देखी रक्सी बन्द नै हो त ?? जड्याले भन्यो ” रक्सी होइन पत्रीका चाँही बन्द भनेको …..

केही गल्ती नगरेको
बिकासजी आफ्नो श्रीमती र आफ्ना १२ जना छोरा छोरी लिएर फ्लिम हेर्नको लागि जादै थियो । चोकमा उभिराखेको पुलिसले बिकासजीलाई कठालो समातेर प्रहरी कार्यालय लग्यो । बिकासजीले अचम्म मानी डराई डराई पुलिस लाई सोध्यो , हैन पुलिस दाई मलाई किन पक्डेर ल्याउनु भएको ? मैले के गल्ती गरेको छु र ? यो सुनेर पुलिसले भन्यो “केही गल्ती नगरेको भए त्यत्रो मान्छेहरुले तिमीलाई घेरी राख्थ्यो त …

किन बाचिरहनु
तिनजना साथीहरु घाम तापेर सुन्तला खाँदै थिए । त्यतिकैमा जहिले पनि अर्काको मात्र खाने आफुले कहिले नख्वाउने चाँही साथी आईपुग्यो । उसले भन्यो ” के छ साथी हो ? के खाँदै गरेको ?? यो सुनेर तिनिहरुलाई झनक्क रिस उठ्यो र भन्यो के खानु नि बिष खाएको नि देखेनौ ?सित्तैमा खाने साथीले एउटा सुन्तला टपक्क टिप्यो छोडायो र क्वाप्प खायो र भन्यो ” अब तिमी हरुले नै बिष खाइसकेपछि म मात्र किन बाचिरहनु ???
नयाँ शहर
एउटा मानिस नयाँ शहरमा घुम्न गएछ । शहरको बिचमा पुगे पछि उसलाई पिसाब लागेछ । पिसाब फेर्ने सौचालय नदेखेर उसलाई साह्रै आपत परेछ । उसले केही पर एउटा बालक लाई देखेछ र त्यहा गएर बालक लाई सोधेछ ।
मानिस : बाबु तिम्रो घर यही हो ?
बालक : हो
मानिस : तिमीलाई पिसाब फेर्ने ठाउँ कहाँ छ थाहा छ ?
बालक : त्यतीपनि किन थाहा नहुनु नि
मानिस : भन त त्यसो भए कहाँ छ ?
(बालकले कट्टु फुकाल्यो र देखाउदै भन्यो)
बालक : ल हेर्नुस् यही हो पिसाब फेर्ने ठाउँ …
समस्या
एक जना मान्छेलाई साह्रै समस्या परेर डक्टरको म गएछ ।
मान्छे: डक्टर साहेब मलाई साह्रै समस्या पर्‍यो ,मलाई बिर्सिने रोग लागेको छ , यो समस्याले गर्दा मलाई जिउन नै गार्हो भयो । केही उपाय बताइ दिनुस् ।
डक्टर : ठीक छ नाअतिनुस् म समस्या हल गर्न सक्छु मलाई यति भन्नुस् कि तपाईंलाई यो समस्या कहिले देखि भएको हो ??
मान्छे :हैन तपाईंले कुन समस्या भन्नु भएको ???

गफाडिको गफ
पहिलो : मेरो बुवा यति कन्जुस थियो कि हनिमून मनाउन जादा लिएर गएको आधा पैसा बचाएर ल्यायो ।
दोस्रो : मेरो बुवा त झन यति कन्जुस थियो कि बिहे गरेर हनिमून मनाउन जादा बिच बाटो बाटै फर्क्यो ।
तेस्रो : तिमीहरुको बुवा त के कन्जुस थियो रहेछ त , मेरो बुवाले त बिहे गरेर हनिमून मनाउनलाई एउटा साथीलाई सँगै पठाईदियो …

१ सेकेण्ड पर्ख
एक जना मान्छेले भगवान सँग सोधेछ १०० साल तपाईंको लागि कति हो ???
भगवान : १०० साल त मेरो लागि १ सेकेण्ड जस्तै हो ।
मान्छे : अनि १ करोड रुपैया नि ??
भगवान :१ करोड रुपैया १ पैसा जस्तै…
मान्छे : त्यसो भए भगवान मलाई मात्र १ पैसा दिनुस्
भगवान : हुन्छ तर १ सेकेण्ड पर्ख …
हिसाब किताब
( एक जना मान्छे भगवान सँग ) हे भगवान यदि तपाईंले मलाई १०० रुपैया दिलाई दिनु भयो भने म अहिलेनै तपाईंलाई ५० रुपैयाँ चढाउछु ,केही बेरमा त्यो मान्छे ले बाटोमा ५० रुपैयाँ भेट्टाएछ अनि उसले भनेछ हे प्रभु तिमीलाई म माथि त्यति पनि विश्वाश छैन ?? आफ्नो हिसाब पहिले नै कटाउनु पर्छ त ….

जिवनमा जान्नै कुराहरु
1) सधैं आफ्नो जीवनको लक्ष्यलाई याद राख्नुस् ।
2) आफ्नो वास्तविक मुस्कानलाई सधैं साथमा राख्नुस् र अरुलाई यो share गर्नुस् ।
3) आफ्नो छिमेकिहरु प्रति सधैं मद्दतको भावना राख्नुस् ।
4) आफु भित्रको युवा आत्मालाई सधैं जिवित राख्नुस् ।
5) धनीलाई र राम्रोलाई मात्र होइन गरीब र नराम्रोलाई पनि आत्मासात गर्ने बानी बसाल्नुस् ।
6) जती सुकै दबाब लाई हल्का रुपमा लिने गर्नुस् र आफ्नो दिमाग लाई सधैं ठण्डा राख्नुस् ।
7) आफ्नो स्वभाबलाई बाताबरण अनुसार ढाल्ने कोशीस गर्नुस् ।
अरुको गल्तीलाई सके सम्म माफ गरी दिनुस् ।
9) आफ्नो मन मिल्ने साथीहरु सके सम्म काम बनाउनुस् ।
10) आफुलाई चाहनेहरुसँग हरेक पल खुशी रहनुस् ।
11) आफ्नो confidence लाई सधैं उच्च् राख्नुस् ।
12) जीवनमा आई पर्ने जोखिमहरुको लेखा जोखा राख्नुस् ।
13) यो याद राख्नुस् कि पैसा सबै थोक होइन ।